युकेमा किरातहरुको महान चाड साकेला उभौली भव्य रुपमा सम्पन्न

गोमा राना,
गत २५ मे २०२४, शनिबारका दिन किरात राई यायोक्खा युकेले महान चाड साकेला उभौली भब्य र सभ्य रुपमा सम्पन्न गरेको छ।
बेलायतमा २००४ सालमा किरात राई यायोख्खायुकेको स्थापना काल देखि हरेक बर्ष बुद्ध पुर्णिामाको नजिकको पहिलो शनिबार आफ्नै किरात राई हाउस ग्याम्बर्लेनमा पित्री पुजा मनाउदै आइरहेको छ।
उक्त कार्यक्रममा सस्थाका अध्यक्ष, कार्यसमिति, पाहुनाज्यु, बाबा आमा लगायत सबैले साखेवा भुमे शीलामा पुजा पाठ गरि प्रकृति प्रकोप, दैवी प्रकोप नलागोस सबैको कल्याण होस भनी प्रार्थना गर्दै सुम्निमा र पारुहाङ संग वर माग्दै आशिर्वाद लिदै थानमा बिधिवत मौलिक पुजा सम्पन्न भएको थियो।
कार्यक्रम प्रमुख अतिथि मेडम मेयरेस् स्याली बार्कर एमबिई ( गिल्फोर्ड बोरो काउन्सिलर मेयर) विषेश अतिथिहरु मेडम् मेयरेस् मारा माकुनुरा (रश्मोर बोरो काउन्सिलर मेयर) मेडम् मेयरेस् अबेना अकुफो केली ( फोक्सटन टावर मेयर) प्रेम गाहा मगर ( गैर आवासीय नेपाली संघका अध्यक्ष ) सस्थाका अध्यक्ष चन्द्र बहादुर राइले पानसमा दीप प्रज्वलन गरि समुद्घाटन गरिएको थियो।
प्रमुख अतिथि मेडम मेयरेस् स्याली बार्कर र एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले आ आफ्नो मन्तव्य राख्दै साकेला उभौलीको शुभकामना दिएका थिए।
कार्यक्रममा सर्रे पुलिस चिफ इन्पेक्टर देव मिचेल, मेयरहरु, लोकल काउन्सिलरहरु जीव बेल्बासे, नेम थापा, पुर्व काउन्सिलर चित्र बहादुर राना, सगरमाथा आरोही हरि बुढामगर, बिबिसी १०० मा प्रभावशाली महिलामा परेकी सपना रोका, किरात याक्थुग चुम्लुंग युकेका अध्यक्ष नरबीर आग्बो, संघ सस्थाका अध्यक्ष प्रतिनिधिहरु, पत्रकारहरु बि एफ बिएस युके बाट योगराज राई, वी नेपालीका नरेश खपाङी मगर, लन्डन नेपालबाट शिव भन्डारी,प्रकाश कडेल, नेपाली समाचारका विश्वास दीप तिगेला, गोमा राना, शिटल पाटी न्युजका बाचस्पति रेग्मी, एभरेष्ट टाईम्सका नगेन्द्र नेम्बाङलन्डन काठमाडौं न्युज फोनिज युकेका अध्यक्ष बम सुर्यबंशी मगर, नेपाल देखि आउनु भएको कलाकार वसन्त लम्साल लगायतका स्थानीय कलाकार र विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो।
दिन पनि अत्यन्तै घमाइलो भएकोले होला ब्यपार ब्यबसायी लगायत धेरैको उपस्थितिले माहोल अत्यन्तै रमाइलो रहेको थियो।
कार्यक्रममा विभिन्न स्टलहरुका साथै भाषिक सस्था र समुदायहरुको सिलि, स्थानीय समन्वय परिषद्हरुको सिलि,किरातहरुको हजारौं र लाखौं सीलीहरु मध्यमा केही सीलीहरुको प्रदर्शन हुनुको साथै सबैलाइ खुल्ला सिलि रहेको थियो।
सस्थाका उपाध्यक्ष मे. रि. दिल कुमार राईले हेल्थ एन्ड सेफ्टि,कार्यक्रम सम्योजक उपाध्यक्ष सुमन चन्द्र राइले स्वागत मन्तव्य राखेका थिए भने सस्थाका महासचिब चन्द्रवती राई र उपमहासचिव प्रमिला लाबुङ राइले कार्यक्रम कुशलताका साथ सन्चालन गरेका थिए।
किरात राईहरुमा भाषामा विविधता हुनुको साथै लोपोन्मुख भाषाको खोजीकार्य भएको र किरातीहरुलाइ एकताको शुत्रमा बाध्ने भनेको साकेला नाच नै हो भनी गर्वको विषय भन्दै, बेलायतमामात्र नभै सन्सार भरी रहनु भएका सम्पुर्ण किरातीहरु पुस्तौं सम्म एकबद्द भएर अगाडि बढन सन्देश दिदै सुङ्निमा पारुहाङ्ले सबैको रक्षा गरून् भनि सस्थाका अध्यक्ष राईले शुभकामना ब्यक्त गर्दै साकेला उभौली मनाउन उपस्थित हुनु भएका अतिथि लगायत सम्पुर्ण महानुभावहरुलाइ धन्यवाद ब्यक्त गरेका थिए।