मनोरञ्जन

याक्थुङ चलचित्र ‘चे’ काे छायांकन पूरा

१४ अप्रिल, काठमाडौँ । याक्थुङ लिम्बू कथानक चलचित्र ‘चे’ को छायाङ्कन सकिएको छ । आइतबार याक्थुङ फिल्म्सले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक गर्दै चलचित्र छायांकन सकिएको जनाएको हो ।

पान्थरको फिदिम नगरपालिका र फालेलुङ गाउँपालिका क्षेत्रमा छायांकन गरिएको चलचित्रलाई सागर केरुङले लेखन/निर्देशन साथै निर्माण गरेका हुन् । ‘चे’ को अर्थ नेपाली भाषामा ‘लाश’ भन्ने हुन्छ । याक्थुङ लिम्बुहरु आन्तरिक र बाह्य रुपमा कसरी लाश भईरहेका छन् ? भन्ने कथामाथि बनाइएको बताइएको छ । आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउनेबीचको द्वन्दात्मक कथालाई चलचित्रको रुपमा उतारिएको हो । चलचित्रमा  निर्माता इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङ रहेका छन् भने युवराज राइको छायांकन, बुद्धराज लिम्बुको संगीत, इन्दु फोम्बोको स्वर, अमृता जवेगूको श्रङ्गार र उदय बेघाको कला निर्देशन रहेको छ । फिल्म साउनमा प्रदर्शनीमा आउनेछ ।

सागर केरुङ, विमला खजुम, यासेली योङहाङ, निसाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, नरेन्द्रराज केरुङ, पूर्ण सेलिङ, प्रमिता लिम्बु, यलम्बर खम्बु, अभिषेक केरुङ, राजु घिमिरे, नुनाम केरुङ, कर्णहाङ सुब्बा ताम्लिङ, प्रनेश लिम्बु थेवे, संगीत आङ्गेवा, तीर्थ मादेम्बा, सुरेन शिशिर केरुङ, याम कुरुम्बाङ, अजित योड्या, प्रेमहाङ केरुङ, उदय बेघा, अमृता जवेगू, जोलिना केरुङ, तीर्थ हाड्सरुम्बा, चन्द्रकला साँवा, रत्ना लिङ्देन लाओती, सोदु योङहाङ, विक्रम केरुङ पारखी, सन्जित लोवा, मिलन केरुङ, खेमराज केरुङ, बिना तुम्बापो थाम्सुहाङ, पपिन्द्र फागो, श्रीहाङ केरुङ, अगममाया तुम्बापो केरुङ, रमन चेम्जोङ केरुङ, बुद्धराज लिम्बु, लेखनाथ रिमाल, सुरेन्द्र राइ, मिड्सोहाङ् लोवा, मनेन्द्र केरुङ, मनकुमार आङ्देम्बे, राजकुमार केरुङ, खगेन्द्र केरुङ, रुपा राजवंशी, फुड्निमा जवेगु, टेकबहादुर केरुङ, खेसेहाङ लोवा, आन्जुम केरुङ, मोहनकुमार केरुङ, सन्चबहादुर केरुङ, उदय केरुङ, शिवकुमार राइ, सुजन केरुङ, ज्ञानेन्द्र केरुङ, निशान लुइटेल, बीरबहादुर केरुङ लगायतको अभिनय रहेको छ ।

Related Articles

Leave a Reply

Back to top button

This will close in 0 seconds