आदिवासीमनोरञ्जन
Trending

‘चाैबिसे मेन्छिन्’ पा:लामकाे भिडियो छायांकन पूरा

२७ मे, चाैबिसे(धनकुटा) । गायिका दुर्गा तुम्सा संयककाे पा:लाम गीता ‘चौबिसे मेन्छिन्’ काे भिडियो छायांकन सम्पन्न भएको छ । शनिबार धनकुटा चाैबिसेकाे राजारानीमा छायांकन पूरा भएको हाे ।

चाैबिसे गाउँपालिकाकाे रमणीय ठाउँ मावरक-पावरक(राजारानी ताल) छेउमा छायांकन भएको भिडियोकाे निर्देशन अहिलेका व्यस्त चलचित्रकर्मी हाङ चेम्जोङले गरेका हुन् । शान्ता केरुङकाे शब्द, राजु कार्कीको सङ्गीत सम्योजन, दुर्गा तुम्साकाे लय संकलन रहेकाे पा:लाममा विवश नेम्वाङले स्वरमा साथ दिएका छन् । काेरसमा निरन्ता नेम्वाङ र सुमन लिम्बु छन् । दुर्गा तुम्सा सन् २०२० मा आयोजना भएको विश्वव्यापी अनलाइन पालाम प्रतियोगिताकी सहभागी पनि हुन् । उनका कैयन् पा:लामहरू रेकर्ड भएका छन् ।

भिडियोमा अभिनय गर्ने कलाकारहरू ।

भिडियोकाे छायांकन शिर कुमार राई र दिनेश राईले गरेका छन् । श्रङ्गारमा महेश सिग्देल र भेषभूषामा चाैबिसे सङ्यक ढाका उद्योग रहेका छन् ।

कलाकारहरूमा दुर्गा तुम्सा , वीर बहादुर वजी, अमित थेबे, आकाश लाओती, दिपेन्द्र राई, सुरेन हाङ्गाम, सुमन खेवा, यमुना सङ्यक, स्मृति चेम्जोङ, फुल कुमारी तुम्सा, चन्द्र तुम्सा, रेनु सम्बाहाङ्फे रहेका छन् ।

Related Articles

Leave a Reply

Back to top button