समाचार

जसपा निकट किसान महासंघको सुदूरपश्चिम प्रदेश समिति गठन

काठमाडौं, १८ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी किसान महासंघ सुदूरपश्चिम प्रदेश समिति गठन भएको छ । कैलालीको धनगढीमा आइतबार आयोजित भेलाले काजिराम महतोको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो ।

समितिकोे उपाध्यक्षमा जगदिश लेनिया, मुख्यसचिव विकास चौधरी चयन भएका छन् । कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य एवम् समाजवादी किसान महासंघका अध्यक्ष सञ्जय सिंह, पार्टीका सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भगतराम चौधरीलगयातका नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा महासंघका महासचिव ओमकृष्ण श्रेष्ठ, महासंघका केन्द्रीय कार्यसम्पादन समिति सदस्य श्रवणकुमार यादवलगायतको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button