समाचार

उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालय लिएर सरकारमा जाने, अर्को मन्त्रीमा दीपक कार्की !

काठमाडौं, २३ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहरी विकास मन्त्रालय लिनेगरि सरकारमा जाने भएका छन् । पार्टीको आन्तरिक बैठकमा भागबण्डाको टुँगो नलागेको भन्दै आएका यादवले भने प्रधानमन्त्री पुष्पकमल दाहालसँग दुई मन्त्रालय र मधेश प्रदेशको सरकारको नेतृत्वमा पाँचै वर्ष निरन्तरताको सहमति गरेको विश्वस्त स्रोतको दाबी छ ।

यादव उपप्रधानमन्त्रीसहित सरकारमा जान लागेका हुन् । जसपाले पाउने अर्को मन्त्रालयमा भने यादवले धनुषा–१ बाट निर्वाचित सांसद दीपक कार्कीलाई लैजान लागेका छन् । कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाउने सम्भावना छ । राजकिशोर यादव, प्रदीप यादवलगायतले भने पार्टी सरकारमा गए विद्रोह गर्ने चेतावनी दिएको बुझिएको छ ।

Related Articles

Leave a Reply

Back to top button