समाचार

उपेन्द्र यादव आँफै सरकारमा जाने, भौतिक पूर्वाधार मन्त्रालयमा दाबी

काठमाडौं, २१ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आँफै सरकारमा सहभागी हुने निश्चित् भएको छ । एमाले–माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा जसपापनि सामेल छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

जसपाबाट यादव आँफैले सरकारमा जानेगरि नाम बालुवाटार पठाएका छन् । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दाबी गरेका छन् । त्यसमा प्रधानमन्त्री प्रचण्ड पनि सकारात्मक छन् । जसपाले तीन मन्त्रालयमा दाबी गरेको छ ।

मन्त्री बन्नको लागि अध्यक्ष यादवसहित अहिले वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा रहेको वीरेन्द्र प्रसाद महतो र प्रदीप यादवको नाम चर्चामा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button