युके विशेष

स्याङ्जा जिल्ला समाज युकेको दोस्रो कार्यकालको पहिलो बैठकमा सारदा गुरुङ भावुक

गत २८ जनवरी २०२४ मा स्याङ्जा जिल्ला समाजको पहिलो बैठक भरत गुरुङ्को अध्यक्षतामा अल्डर्शटको एम्पाएर हलमा सम्पन्न भयो। बैठकमा भावी योजनाको साथ विभिन्न महत्त्वपूर्ण निर्णयहरु भयो।

बैठकको पहिलो चरणमा दिप प्रज्वलन समुद्घाटन भएको थियो। सस्थाका उपाध्यक्ष भक्त दर्जीले स्वागत मन्तव्य राखेका थिए भने उपाध्यक्ष (पुर्व कोषाध्यक्ष) श्रीमती रुपा गुरुङबाट आर्थिक प्रतिवेदन प्रस्तुत साथै निवर्तमान अध्यक्ष र कार्यसमितिले नव निर्वाचित अध्यक्ष र कार्यसमितिलाई सस्थाको जिम्मेवार हस्तान्तरण गरिएको थियो।

उक्त बैठकमा सस्थापक ( निवर्तमान ) अध्यक्ष सारदा गुरुङ्ले सस्था कसरी र किन स्थापना भयो भन्ने बारेमा प्रष्ट पारेका थिए। बिगतमा कतिपय ब्यक्तिहरुले सस्था स्थापना गर्नुपर्छ भने पनि आधिकारिक रुपमा संरचना भएको थिएन। कोभिड १९ को महामारीमा आफ्नो जिल्लामा केही सहयोग गर्नु पाए हुने भनी सोंच र कुरा राख्दै जाने क्रममा संरक्षक मेजर कुमार गुरुङ संरक्षक दिपक ( डेभिड ) गुरुङ लगायतका अन्य शुभचिन्तक ब्यक्तिहरु संग जुम बैठक बसे पछि १ लाख पुर्याउने लक्ष्य राखेकोमा ६ लाख सम्म उठाउनु सफल भयो। यो उत्साह जनक कामले स्याङ्जा जिल्ला समाजको स्थापना हुनपुग्यो र आफै सस्थाको अध्यक्ष गर्न पनि स्वीकृती भएका थिए। स्याङ्जा जिल्ला बासीलाई अक्सिजन र सिलिन्डर पुर्याउने क्रममा मेजर रि कुमार गुरुङ्ले ब्यबस्थापन गरेका थिए।

सन् २०२० मा मात्र स्थापना भएको कान्छो सस्था छोटो समयमै धेरै काम गरि सकेको छ र सबैको सहयोग प्रति धन्यबाद र आभार प्रकट गरेका थिए।काम गर्दै जांदा उतारचढाव हुन्छ तर सस्थाको हितको लागि अहोरात्र खटिंदा पनि केही तितो अनुभव सुनाउदै भावुक बनेका थिए।

गत ३ डिसेम्बरमा निर्वाचित अध्यक्ष भरत गुरुङले आफ्नो कार्यकालमा बिगतमा सम्पन्न हुन बाकी भएका कामहरु पूरा गर्दै सस्थालाइ एकजुट भइ यो कार्यसमितिले अझ बढी मजबुद,ससक्त, सबल र दिगो बनाउने प्रण गरेका छन।

उक्त बैठकले स्याङ्जाबाट युके आएर बिभिन्न ठाँउमा रहनु भएका सबैलाई यो संस्थामा आबद्द हुन आग्रह गरेको छ ।

– गोमा राना

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button