युके विशेष

मेडवेबासीले धुमधाम दशैं मनाए, गायक लामाले चर्चित गीतमा नचाए

युके,
अहिले दशैँको चहलपहल छ ! हरेक ठाउँका नेपालीहरुले सामुहिक रुपमा शुक्रबार शनिबार र आइतबार सके सम्म बिदाको दिन पारेर दशैं पार्टी आयोजना गरिरहेका छन् !

बर्ष दिनमा आउने चाँड, गाउँघरको, देशको, आफन्तहरुको अनि बाल्यकालको याद दिलाउने चाँड, सके सम्म सबै भेला भएर मान्ने चलन छ विदेश मै भए पनि !

पहिला जस्तो टाढा टाढा धाएर दशैं मान्नु पर्ने बाध्यता छैन युकेमा अचेल, जहीं तहीं नेपाली बस्ति छ नेपाली समूह छन् र सबै ठाउँमा नेपाली समुदायको आफ्नै सामुदायिक संस्था खुलेका छन् !

जातीय, क्षेत्रीय, पार्टीका भात्री संगठन लगायत युकेका बिभिन्न ठाउँ र क्षेत्रहरुमा आ-आफ़्नै सामुदायिक संगठनहरुले बिशेष ठूला चाँड र कार्यक्रम आयोजना गर्ने गर्दछन !

५ अक्टुबर २०२४ शनिबार साँझ गोर्खा नेपाली समाज मेडवे (Gurkha Nepalese Community Medway GNCM) ले वेस्ट ब्रुक प्राइमरी स्कुल जिलिङ्घाममा यो २०८१ सालको बिजया दशमी / दशैंको उपलक्ष्यमा मेडवेबासीहरुको उल्लेख्य सहभागितामा भब्य रुपमा दंशैं मनायो !

गायक मिलन लामा, स्थानीय कलाकारहरुको नृत्य सहितको कलाकारहरुको साँगितिक प्रस्तुति, प्रमुख अतिथि मेडवेका मेयर काउन्सिलर मेरियन नेस्तोरोभ, मेयरेस लिउबोभ नेस्तोरोभ, चाथाम र आयल्सफोर्डकि एम पी लाउरेन ईडवार्ड्स, रोचेस्टर र स्ट्रूडका एमपी ट्रीष्टान ओसबोर्न, मेडवे काउन्सिलका काउन्सिल लिडर काउन्सिलर भिन्स मापल, डिपुटी काउन्सिल लिडर काउन्सिलर टेरेसा मुर्रे, मेडवे काउन्सिलको क्याबिनेट सदस्य – सम्पदा, संस्कृति र काउन्सिलर आचरण समिति अध्यक्ष मेडवे 2023-2024 को मेयर निना गुरुङ र मेडीस्टोन नेपाली समाजका अध्यक्ष मोहन तामाङ् लगायत अन्य लब्ध प्रतिष्ठित अतिथिहरुको सहभागितामा भब्य रुपमा दशैं कार्यक्रम सम्पन्न भयो !

गोर्खा नेपाली समाज मेडवेका अध्यक्ष भबिन साम्पाङको नेतृत्वमा यो बर्षको दंशैं कार्यक्रम अत्यन्तै रमाइलो गरि धेरै नेपालीहरुको उपस्थितिमा सम्पन्न भयो ! कार्यक्रम सफल पार्न सहयोग पुर्याउनु हुने सम्पूर्णलाई साथै उपस्थित अतिथिहरुलाई धन्यबाद दिंदै अध्यक्ष भबिन साम्पाङ्ले बडा दशमी २०८१ को शुभकामना दिएका थिए !
उपाध्यक्ष ज्ञानेन्द्र राईले उपस्थित पाहुना र अतिथिहरुलाई कार्यक्रममा स्वागत गर्नु भएको थियो ! महासचिब हरित पोख्रेल द्वारा संचालित कार्यक्रममा, अतिथि बक्ताहरु, काउन्सिल लिडर काउन्सिलर भिन्स मापल, एमपी लाउरेन ईडवार्ड्स र एमपी ट्रीष्टान ओसबोर्नले बधाई तथा शुभकामना सहित धन्यवाद मन्तब्य राख्नु भएको थियो !
युकेमा नेपालको ठूलो र महत्वपूर्ण चाँड दशैंको शुभकाना साट्न पाउनु गर्वको कुरा भएको बताउँदै उहहांहरुले खुशी ब्याक्त गर्नु भएको थियो !

मेडवेमा रहेका युवा बिद्यार्थीहरु जसले गत शैक्षिकसत्रमा उत्कृष्ट नतिजा ल्याएर जिसिएसई, ए लेबल र उच्च शिक्षा हाँसिल गरेका थिए ति जेहेन्दार बिध्यार्थिहरुलाई प्रमुख अतिथि मेयर र एमपीहरुको हातबाट खादा सहित प्रमाण पत्र प्रदान गर्दै अझ राम्रो प्रगति गर्न प्रोत्साहन र शुभकामना दिने कार्य पनि भयो !

नेपालबाट आउनु भएका लोकप्रिय चर्तित लोकदोहोरी गायक मिलन लामाले आफ्नो चर्चित गीतहरु गाएर नचाउनु नचाए,
ईभा राई, सबिता पोख्रेल र अन्यको नृत्यले पनि पनि दर्शकहरुको मन जितेको थियो !

अन्य आकर्षणहरुमा राफल ड्र जसका निमित्त धेरैले राफल ड्रका लागि पुरस्कार उपलब्ध गराएका थिए र धेरैले पुरस्कार पनि जिते !

बडादशैंको साँस्कृतिक धार्मिक र सामाजिक महत्वका बारेमा बिदेशीपाहुनाहरुलाई जानकारी दिने र दशैं सारा नेपालीहरुको सामुहिक चाँडका रुपमा नेपालमा मनाउने चलन रहेको जानकारी दिंदै, नेपालीहरुले दंशैलाई परदेश गएका, टाढिएका परिवारहरु भेला भएर ठूलाका हातबाट टिका जमरा सहित आशिर्बाद र दक्षिणा लिने अनि सकेको जोहो गरेर मिठो मसिनो खाएर रमाइलो गर्ने चाँड भएकाले खुशियालीको चांड भनेर दंशैंलाई लिने गर्दछन ! खुशी वा सुखको पर्यायका रुपमा लीईने दंशैंलाई सुख र सदभाबको चाँडका रुपमा भब्य रुपमा मनाउने चलन छ तर दशैंलाई तडक भडक चांडका रुपमा मनाउनाले धेरैलाई समस्याको चांड पनि बन्ने गरेको बिकृति भने नदेखिने होइन !

धार्मिक र पौराणिक सन्दर्भको कुरा गर्नुपर्दा असत्य माथि सत्यको जितको रुपमा बडा दशमिलाई लिने गरिन्छ !

आफ्नो इच्छा अनुसारको कसैले रातो कसैले सेतो टिका लाएर दंशै मनाउने चलन छ !

आधुनिक समयमा कतिले दशैं बहिष्कार गर्ने र बिरोध गर्ने कार्यपनि हुँदै आएकोछ ! बिशेष गरेर धेरै मासु खपत हुने चाँड भएकाले पशु अधिकारकर्मीहरुको बिरोध मात्रै नभएर अहिले धार्मिक र जातीय बिरोध पनि भैरहेको छ तर बिदेशमा खासै ति बिरोधका कुराले दंशैलाई असर पारेको देखिन्न !

बर्षदिनमा एकदिन सबै भेला भएर रमाउने र देश र बाल्यकाल सम्झना गराउने चाँडलाई बिदेशमा नेपाल सम्झाउने चाँडका रुपमा बिस्तारै लिन थालिएको छ भने देश बाहिर नेपाल चिनाउने चाँडका रुपमा दशैं मुख्य चाँड बनिरहेको देखिन्छ !

साँझ अबेर सम्म खान पान सहित मनोरन्जन र नाच गान गर्दै यो बर्षको दशैं मेडवे बासीले धुमधाम सँग मनाएर शुभकामना आदान प्रदान गरे !
सम्पूर्णलाई बिजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना !

– भूमिराज राई
मेडवे केन्ट युके

Related Articles

Back to top button