समाचार

राष्ट्रिय शैक्षिक परामर्श संघ प्रदेश एक अध्यक्षमा कुरुम्वाङ

१३ जनवरी, इटहरी । राष्ट्रिय शैक्षिक परामर्श संघ(नेका)प्रदेश नम्बर एककाे अध्यक्षमा सन्ताेष कुरुम्वाङ निर्वाचित भएका छन् । शनिबार इटहरीमा सम्पन्न संघकाे दाेस्राे अधिवेशनले कुरुम्वाङलाई अध्यक्षमा चयन गरेको हाे ।

नेका केन्द्रका अध्यक्ष सन्तोष प्याकुरेलको प्रमुख आतिथ्यतामा इटहरीको सोल्टी होटलमा सम्पन्न दाेस्राे अधिवेशन र साधारणसभाले दुई वर्षे कार्यकालका नाै सदस्यीय समिति चयन गरेको थियोे । समितिकाे उपाध्यक्षमा रेणुकान्त यादव (विवेक), सचिवमा नरेन्द्र दंगाल, सहसचिवमा राजु थापा, कोषाध्यक्षमा मैना राना मगर छन् । त्यस्तै, सदस्यहरूमा दिवस भुर्तेल, विष्णु रोई, चन्दन माझी र सोनाम रिजाल छन् । सल्लाहकार समिति संयोजकमा प्रमोद श्रेष्ठ, सदस्यहरूमा दिवाकरलाल चौधरी, टीका ढकाल र निरज पौडेल छन् ।

निर्वाचन मण्डल संयाेजकमा तेन्जिङ शेर्पा र सदस्यहरूमा सागर सरगम चेम्जोङ र दिपक कोइराला थिए । त्यसअघि, साेही दिन बिहान एक दिने सार्वजनिक भाषणकलाबारे तालिम समेत आयोजना गरिएको थियोे । तालिममा पूर्व मिस नेपाल एवम् मिडियाकर्मी माल्भिका सुब्बाले प्रशिक्षण दिएका थिए । अधिवेशन तत्कालीन प्रदेश अध्यक्ष माेहन तिगेलाकाे सभापतित्वमा भएको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button