अन्तरवार्ताप्रवाससमाचार

अनलाइन कुराकानीको २००औँ शृङ्खलामा, विशेष कार्यक्रम

बेलायत मिचेट। सेपटेम्बर ११ शुक्रवार स्वास्थ्य तथा जनचेतनामूलक संवाद कार्यक्रम ‘कुराकानी’ अनलाइनले २००औँ शृङ्खला पूरा गरेको अवसरमा मीचेट तमुधी भवनमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

पण्डित मधुसुदन सत्यालले वैदिक मन्त्रका साथ, कुराकानी कार्यक्रम सञ्चालक शुष्मा गुरुङ र डा. विशाल गुरुङले सामूहिक रूपमा दिप प्रज्वलन गरि शुभारम्भ गरेका थिए भने डा बिशाल गुरुंगले स्वागत मन्तव्य राखेका थिए। साथै शुष्मा गुरुङले पावर प्वाइंट भिड़ियो सहित शुरुवात उद्देश्य र महत्वको विस्तृत जानकारी दिएकी थिइन।

कार्यक्रम अत्यन्त सौहार्द वातावरणमा संपन्न र सामूहिक आसान ग्रहणले त समयकों बचत र उदाहरणीय बनेको थियो। साना नानीहारुको आफ़नै संगीतमा प्रत्यक्ष राष्ट्रीय गानले कार्यक्रमको माहोल अत्यन्त उत्साहजनक बनेको थियो।

कार्यक्रममा शुष्मा गुरुङ, डा. विशाल गुरुङ तथा उपस्थित अतिथिहरूले संयुक्त रूपमा केक काटेर ‘कुराकानी’को २००औँ शृङ्खलाको सफलताको खुसी साटासाट गरेका थिए।

कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, ग्रेटर रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष लीला सेलिङ माबो, शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर अल्डरसटका अध्यक्ष हरि भट्टराई लगायत कार्यक्रममा क्रमश: डा. भण्डारी शोभा गुरुङ, डमर घले, तेज क्षेत्री, मिलन रोका, किरन मगर, एचआईभी नर्स निशान खनाल, शोम घले, प्रकाश गुरुङ, धर्मगुरु, गोमा राना, शोम थापाले आ-आफ़नो मन्तव्य राखदै शुभकामना ब्यक्त गरेका थिए। तमु धीं आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बालबालिका अञ्जनी दर्शनी गुरुङ, सुयोग दर्शन गुरुङ, प्रिसा दर्शनी गुरुङ र अभ्यान गुरुङको प्रस्तुति, शोभा गुरुङको नृत्य र नानीहारुकों नृत्यले सबैलाई मनोरंजन गरेका थिए ।

कार्यक्रमकी सञ्चालक शुष्मा गुरुङले ‘कुराकानी’को सुरुवातदेखि २००औँ शृङ्खलासम्मको यात्राबारे जानकारी दिइन्। आफ्नो सोच र परिकल्पनाबाट सुरु भएको कार्यक्रमलाई निरन्तरता दिन डा. विशाल गुरुङ लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको उनले बताइन्। त्यस्तै, डा. विशाल गुरुङ ‘कुराकानी’को टोलीमा कसरी जोडिए र कार्यक्रमलाई निरन्तर अघि बढाउन उनले निर्वाह गरेको भूमिकाबारे पनि समारोहमा चर्चा गरिएको थियो।

कुराकानी फेसबुक पेजबाट हरेक मंगलवार साझ ७ बजे देखि विभिन्न विषयका विशेषज्ञ चिकित्सक, फार्मासिस्ट, नर्स, समुदायलाई सुसूचित गराउने कुनै पनि विषयमा सुसूचित गराउने छलफल हुने जानकारी दिदै सुरु देखि डा जित तामांग, डा देवमान गुरुङ, पीसीएसओ दुर्गा थापा, पण्डित गुरु मधु सुदन लगायत विभिन्न महानुभावले निरन्तर सहयोग पुर्याएकोमा हार्दिक आभार व्यक्त गर्दै उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेकी थिइन।

Related Articles

Back to top button