समाचार

जसपा पान्थर पुनर्गठित, अध्यक्षमा पुनः लाओेती

१९ डिसेम्बर, फेदेन । जनता समाजवादी पार्टी नेपाल पान्थर जिल्ला समितिको पुनर्गठन भएको छ । गत साता फेदेनमा भएको कार्यक्रमले समितिमा हेरफेर गरेको हाे ।

पार्टीका केन्द्रीय सल्लाहकार प्रा.डा. महेन्द्र लाओेतीकाे प्रमुख आतिथ्यमा भएको पुनर्गठन कार्यक्रमले लक्ष्मण लाओेतीलाई पुनः अध्यक्षमा चयन गरेको थियोे । लाओेतीकाे अध्यक्षतामा ५४ सदस्यीय समिति निर्माण गरेको छ । जसमा उपाध्यक्षहरूमा भरत राई र कमलराज नेम्बाङ, सचिवमा सुवास तुम्बापो, उपसचिवहरूमा भावना इङ्वा र कमल हाङ्सुरुम्बा, कोषाध्यक्षमा कुल प्रसाद लाओती छन् ।

सदस्यहरूमा मौसम कुरुम्बाङ, सन्तोष तुम्बापो, मनकुमार लाओेती, आइतराज यवा, मनकुमार आङ्देम्बे, श्री प्रसाद सेलिङ, सिङ्हराज लाओती, रिन्जी शेर्पा, तिलकुमार नेम्बाङ, मुना रसाइली, तीर्थ राई, पालोक सिङ जवेगू, दुर्गा जवेगू, चन्द्र प्रसाद सङ्ग्रौला, वीरेन्द्र लिङ्देन, लक्ष्मी प्रसाद सुहाङ, पदम दुखी सम्बाहाम्फे, गगन थोक्लिहाङ छन् ।

त्यस्तै, सूर्यदीप सम्बाहाम्फे, नर बहादुर माङ्मु,तेजोक आङ्थुपो, कृष्ण बेघा, पदमध्वज आङथुपो, अन्नवीर याक्पाङ्देन, भीम याक्पाङ्देन, गर्जमान नेम्बाङ, निर्मला आङ्थुपो, महेन्द्र कुमार तुम्बापो, दिलेन्द्र तुम्रोक, असल तुम्रोक, प्रकाश तुम्रोक, जितेन्द्र नेम्बाङ, विर्ख बेघा, वृख सम्बाहाम्फे, सेमिक लाओती, चन्द्रवीर माङ्मु, नरेन्द्र कुमार लाओती, टेक बहादुर लाओती, तेजेन्द्र मेयोङ्वा, प्रेम प्रसाद तुम्बापो, सेसेहाङ लाओती, रत्न राई, छवि खड्का, शारदा माङ्लाक, राम नुगो, दिलेन सेलिङ सदस्य रहेका छन् ।

पार्टीका केन्द्रीय सल्लाहकार प्रा.डा. महेन्द्र लाओेती सम्बाेधन गर्दै ।

कार्यक्रमको विशिस्ट अतिथिमा केन्द्रीय सदस्य मचिन्द्र बेघा, अन्य राजेन्द्र जवेगू, भावना इवा, केन्द्रीय लेखा आयोग सदस्य दिलेन्द्र कुरुम्वाङ, प्रदेश नम्बर एकका सदस्य बिष्णु लाओती, लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष जेन्ट्ल लाओती, मुख्य सचिव केदार धिमाल, सदस्य जकेन्द्र लाओती, रोहित आङ्बो तथा कुम्मायक एकका जननिर्वाचित वार्ड अध्यक्ष देवेन्द्र लाओती लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रमको अध्यक्षता लक्ष्मण लाओतीले गरेका थिए । भरत राईले स्वागत मन्तव्य राखेकाे कार्यक्रम कमलराज नेम्वाङले सञ्चालन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button