पैयुँ खोला मगर समाज युकेको वार्षिक भेटघाट कार्यक्रम जुलाई १८ शनिबार बेलायतको वेलिङस्थित सेन्ट माइकल चर्च हलमा संपन्न

बेलायत। पैयुँ खोला मगर समाज युकेले हरेक वर्ष बिशेष भेटघाट कार्यक्रमको आयोजना गरि भव्यताका साथ मनाउदै आई रहेकोमा यो पटक पनि नेपालबाट आएका लोकप्रिय एवं चर्चित कलाकारहरू रुपी सिङजाली मगर र सरिष्मा राम्जाली मगरको साथ विभिन्न सांगीतिक प्रस्तुतिमा भव्यताका साथ मनाएको छ।
भेटघाट कार्यक्रमको विशेष अवसरमा समाजका विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। जसमा शिक्षा क्षेत्रमा उपलब्धि हासिल गर्ने विद्यार्थीहरू, समाजमा उदाहरणीय कार्य गर्ने व्यक्तित्वहरू, नयाँ सदस्यता लिएका सदस्यहरू र समाजका निवर्तमान कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई खदा लगाएर सम्मान गरिएको थियो।
पैयुँ खोला मगर समाज युकेका अध्यक्ष नेत्र आलेको अध्यक्षतामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा उपाध्यक्ष यम बहादुर थापा मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने औपचारिक कार्यक्रम सचिव भक्त बहादुर राना मगरले गर्नुभएको थियो।

उक्त विशेष वार्षिक उत्सव तथा भेटघाट कार्यक्रममा अतिथिहरुले कार्यक्रम सफलताको शुभकामना राखदै आफ़्नो मंतव्य राखेका थिए । उपस्थितिमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका निवर्तमान अध्यक्ष गोमा राना मगर, मगर संघ युकेका पूर्वअध्यक्ष सुनिल राना, मगर संघ यूके विधान समितिका पूर्व सदस्य देबी आले, अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष ढाका भट्टराई, लेफ्टिनेन्ट कर्नेल टोल खाम्चा मगर लगायत समाजका स्थानीय अग्रज, बुद्धिजीवी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष नेत्र आले मगरले कार्यक्रममा उपस्थित भएर वार्षिक भेटघाट सब्य र भब्य पारिदिएकोमा उपस्थित सम्पूर्ण पाहुनाज्युहरु, समाजका परिवारहरु, कलाकारहरू लगायत प्लमस्टेड वरिपरिका परिवार जो मीठो भोजन तयार गर्नुहूने सबैलाई विशेष धन्यवाद दिएका थिए।




