समाचार

भब्य साङ्गितिक प्रस्तुती सहित नेपाली कलाकार प्रस्तोता समाज युकेले चौँथो बार्षिकोत्सव मनायो

१९ जुलाई बेलायत

नेपाली कलाकार प्रस्तोता समाज युकेको चौँथो बार्षिकोत्सब भब्य रुपले सम्पन्न भएको छ। आसफोर्ड टाउन नजिकै रहेको पेरिस चर्चमा हिजो १८ जुलाई शनिबार को दिन भब्य साङ्गितिक कार्यक्रमको साथमा सम्पन्न भएको हो।

सस्थाका अध्यक्ष थिर थापाको अध्यक्षतामा गोर्खा नेप्लिज कम्युनिटि सोसाईटीका अध्यक्ष मोहन सोदेम्बाको प्रमुख आतिथ्यता रहेको थियो। क्रमश गोर्खा पिस फाउण्डेशनमा अध्यक्ष भिम तुम्बाहाम्फे,कियाचु केन्द्रिय सदस्य तथा पुर्व राष्ट्रिय खेलाडी सकुन नेम्बाङ लगायत आसफोर्डमा रहेका बिभिन्न संघ-संस्थाका प्रतिनिधि हरुको बाक्लो उपस्थिति रहेको थियो।

 

३ घन्टा सम्म चलेको कार्यक्रम पूरै साङ्गितिक माहौल बनेको थियो। नेपालबाट आमन्त्रित कलाकारहरु गायक राजेन्द्र केरुङ,लक्ष्मण चोङ्बाङ,गायिका रुक्साना लिम्बू , मोडल तथा डान्सर अस्मिता रानाको प्रस्तुतीले भरपुर मनोरन्जन दिलाएका थिए ।

 

Related Articles

Back to top button