अभिब्यक्ति शृंखला १७मा साहित्यकार डा.दुत पुन चिमखोले काहिलाको एकल प्रस्तुति

अल्डरशोट २७ जुन २०२६ शनिवार नेपाली प्रतिभा प्रतिष्ठान बेलायत द्वारा आयोजित अभिब्यक्ति शृंखला १७मा साहित्यकार डा.दुत पुन चिमखोले काहिलाको एकल प्रस्तुति कार्यक्रम संपन्न भएको छ ।
उक्त कार्यक्रम अल्डरसटस्थित सुशीमोटोको हलमा कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष टंक वनेमको अध्यक्षतामा, वरिष्ठ गीतकार एकेन्द्र गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न अभिव्यक्ति श्रृंखलाको १७ औँ श्रृंखलामा उनले करिब एक घण्टामा कविता, गजल, मुक्तक, हाइकू सुनाउनुका साथै उनले रचेका गीतहरुमा बनेका केही म्यूजिक भिडियो पनि प्रस्तुत गरिएको थियो।
पूर्वगोर्खा सैनिक बन्दूक समाउने मात्र नभएर कलम सामाउन पनि सकछन् भन्ने सैनिक चिम्खोले काइँलाले चरीतार्थ गरेका छन् । उनले दर्जनौ पुस्तक प्रकाशित गरिसकेका छन् । कार्यक्रममा उनले वाचन गरेका सृजनाहरूमा सैनिक जीवनको अनुभूति र भेद्भावहरू, बेलायतमा नयाँ जीवन सुरु गर्दा आइपरेका चुनौतीहरु, नेपालको निराशाजनक अवस्थाबाट उब्जिएको आक्रोश, कतै व्यंग्यात्मक कतै भावुक त कतै रोमान्टिक श्रीजना प्रस्तुत गरेका थिए । कार्यक्रममा अंग्रेजी नबुझेपछि, थाहा छैन आफैँलाई के ले खाने हो?, आक्रोश नेतालाई, मनकाँता हाम्रो घर, मैले धेरै चाखिसकेँ, कहाँबाट आयो, गोर्खेले सकेकै हो, गीतमा कहाँ बाट आयो, युके तिर जाउली, सालैजो, निष्ठुरी बाटो मोड़दा हेरिबसें ग़ज़ल, मायाको परिभाषा मुक्तक र कति लोरके छ मगर केटा जस्ता हाईकु गरि तीन चरणमा प्रस्तुत गरेका थिए।
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका अध्यक्ष टंक वनेमको अध्यक्षता र उपाध्यक्ष मिजास तेम्बेको संचालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष देवेन्द्र खेरेसले दिएका थिए भने प्रमुख अतिथि गीतकार एकेन्द्र गुरुङले सृजनाहरुले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउदै आफ़नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न सामाजिक, सांस्कृतिक तथा साहित्यिक सङ्घ–संस्थाका प्रतिनिधि, एनआरएनका अध्यक्ष प्रेम गाहा मगर, बुद्धिजीवी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतिष्ठानका पूर्वअध्यक्षहरू रक्ष राई, गणेश राई र दयाकृष्ण राई सहित कवि एवम् यात्रासंस्मरणकार केदार सङ्केत, कवि तथा पर्यावरण साहित्य अभियन्ता विजय हितान, गजलकार मिजास तेम्बे, कवि देवेन्द्र खेरेस कवि तथा आख्यानकार लीला सेलिङ, कवि अन्जु अन्जली, लगायत बेलायतमा क्रियाशील धेरै नेपाली स्रष्टाहरू कार्यक्रममा सहभागी थिए। अन्त्यमा अध्यक्ष वनेमले कार्यक्रम अत्यन्त भव्य भाएकोमा ख़ुशी ब्यक्त गर्दई उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।




