विनेसामले मनायो ११७ ओैँ देवकोटा जयन्ती

२७ अक्टोबर, काठमाडौं । विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम), विश्व केन्द्रीय समितिले महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे जयन्ती मनाएकाे छ । गत २०अक्टोबर २०२५ तद्नुसार कात्तिक ०४ गते विनेसामले ११७ ओैँ देवकोटा जयन्ती मनाएकाे हाे ।
विनेसाम केन्द्रीय अध्यक्ष डा. लेखनाथ काफ्लेको अध्यक्षतामा ११७औं देवकोटा जयन्ती भर्चुअल जूममा मनाएको थियोे । प्रा.डा.दिवाकर प्रधानकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वक्ताहरू साहित्यकार शरद प्रधान, सल्लाहकार तथा विशिष्ट अतिथि अनि श्री सुरेन्द्र लिम्बू परदेशी थिए । प्रमुख अतिथि डा. प्रधानले देवकोटाकाे याेगदानउपर प्रकाश पारे । साहित्यका अनुसन्धाता शरद प्रधानले देवकोटा र अनुवाद साहित्यबारे बाेले । सुरेन्द्र लिम्बू परदेशीले ‘नयाँ आयाममा देवकोटा’ शीर्षकमा आफ्नो कुरा राखे ।
महासचिव देविका मङ्ग्रान्तिले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष तथा अर्थ विभाग प्रमुख गोविन्द प्रसाद गौतमले स्वागत मन्तव्य दिए । कार्यक्रममा महाकवि देवकोटाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सिर्जना वाचन, गजल, देवकोटाबारे थप जानकारीहरू, सुझावहरू सबैले राखेका थिए । अमेरिका, रुस, बेलायत, भारत, जापान, नेदरल्याण्ड, नेपाल, ताईवान आदि देशहरूबाट विनेसामका पदाधिकारीहरू, सदस्यहरू, अतिथिहरूकाे उल्लेख्य उपस्थिति थियोे । उपस्थित अतिथिहरूलाई उपाध्यक्ष सुनिता कान्दङ्वा राईले धन्यवाद ज्ञापन गरिन् ।
कार्यक्रममा सल्लाहकारहरू डा. मधु माधुर्य (अमेरिका), सुरेन्द्र लिम्बु परदेशी (भारत), प्रा.डा. भीम खतिवडा (नेपाल), उपाध्यक्षहरू डेनजोम साम्पाङ (अमेरिका), गोविन्द प्रसाद गौतम (रसिया), विजय हितान (नेपाल), सुनिता राईकान्दङ्वा (जापान), सचिव डा.केबी पौड्याल (जापान), सांगठनिक सचिव कल्पना पौड्याल जिज्ञासु (नेपाल), काेषाध्यक्ष भीम विरही राई (नेपाल) काे समेत उपस्थिति रहेको थियोे । त्यस्तै, केन्द्रीय सदस्यहरू कपिल अधिकारी (ताईवान), कृष्णप्रसाद गौतम (नेपाल), नवराज न्यौपाने (नेदरल्याण्ड), ऋषिराम सापकोटा (नेपाल), अमित थेबे (नेपाल) थिए ।
अन्य सहभागीहरूमा सुरेश कुमार पाण्डे (अध्यक्ष,दाङ शाखा), सर्वधन राई (अध्यक्ष,बेलायत दक्षिण शाखा), मोहन गौतम (सचिव,भारत शाखा), पेम नर्बु शेर्पा (उपाध्यक्ष,भारत शाखा), जामा वाम्बुले राई, प्रा.डा.अमित सिंह (भारत), संस्कार पन्थी (नेपाल), चन्द्रकुमार रामुदामु, (आ.सदस्य,भारत) रहेका थिए ।




