युके विशेष

याक्थुङलाजे (लिम्बुवान) को पुन: स्थापनाकाे बाटाे नामक पुस्तककाे राउण्ड टेबल चर्चा

ज्ञानु फुरुम्बो लिम्बू “चरपे”

बेलायत,
गत १२ मे २०२४ गते आइतबारका दिन सगरमाथा गोर्खा नेपाली कम्युनिटीको सभा हलमा दिल पालुङवा याक्थुङद्वारा लिखित तथा प्रकाशित ‘याक्थुङलाजे (लिम्बुवान) को पुन- स्थापनाको बाटो’ नामक पुस्तकको बारेमा,अन्तरक्रिया,बिमर्श गरिएको छ ।

लिम्बुवान आन्दाेलनलाई नजिकबाट नियाल्दै आएका पालुङवा लिम्बुवानी माटाे र पहिचानलाई राम्राेसंग बुझेको ब्यक्तिको रुपमा मानिन्छ । बिगत समय देखि लिम्बुवान राज्यकाे हरेक ऐतिहासिक स्थलहरुमा स्थलगत खाेजगरि लिम्बुवानी मजबुत दस्ताबेजहरु अध्ययान अनुसन्धान गर्दै आएका थिए । उहाँकाे लामाे खाेज अध्ययन पछि लिम्बुवान याक्थुङ लाजे पुन- स्थापना नामक पुस्तक आएकाे हाे ।

अन्तरक्रिया कार्यक्रममा सहभागी बाैदिक पहिचानवादी ब्यक्तित्वहरुले यस पुस्तककाे बिषयमा टीका टिप्पणी गरेका थिए । पुस्तक अति सान्दर्भिक खाेजमुलक पठनिय रहेकाे तर यसलाई अझ धेरै पहिचानका ऐतिहासिक कुराहरु समेटेर लैजान र संसारकाे जुन सुकै कुनामा रहेता पनि आफ्ना पहिचान, माटाेलाई माया गर्नेहरुकाे घरदैलाे र हातहात सम्म पुग्न पाए राम्राे हुने सुझाव दिएका थिए ।

पुस्तकमा लिम्बुवान राज्यका थिबाेङहाङहरुकाे पृष्ठभुमि, ईतिहास, पहिचान, सहअस्तित्व, लिम्बुवानका आर्थिक नीति, राज्य संरचना, पर्यटन, ब्यावसाय, लिम्बुवान क्याप्सुल आन्दाेलन, अबकाे लिम्बुवान आन्दाेलन, संगठनका ढाचा र नीति रणनिती जस्ता बिषयहरु समेटिएका छन ।

लिम्बुवान कुनै राज्य सासकहरुसंग युद्वमा हारेर आत्मा समर्पण गरेर कसैकाे राज्यमा गाभिन गएकाे हैन, पृथ्वीनारायाण शाहले जर्बजस्त नीति कुटनिती तवरले हडपेकाे हाे । लिम्बुवान एउटा स्वतन्त्र राज्य थियाे आफ्नै मुद्रा, परराष्ट्रनिति, प्रशासन, सेना भएकाे शान्ति समृद्व राज्य रहेकाे पुस्तकमा उल्लेख गरिएकाे छ

पालुङवा एक बहुप्रतिभा भएका ब्यक्ति हुन उनी हाल लिम्बुवान भुमि प्राप्तीका लागि लिम्बुवान राष्ट्रिय माेर्चाकाे अध्यक्षमा रहेर काम गर्दै आएका छन साहित्य, गित, संगीतहरु देखि लिएर समाजसेवामा पनि उतिकै सकृय छन । ताप्लेजुङमा जन्मका पालुङवा हाल परिवार सहित बेलायत बस्दै आएका छन ।

Related Articles

Leave a Reply

Back to top button