युके विशेष

स्याङ्जा समाज युकेको दोस्रो अधिवेशनबाट भरत गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व चयन

गोमा राना,
युके, ३ डिसेम्बर २०२३ का दिन स्याङ्जा समाज युकेको दोस्रो महाधिवेसन अल्डर्शटको ठमेल रेस्टुरेन्टमा सम्पन्न भयो ।

अधिवेशनले नयाँ कार्य समितिको नेतृत्वमा सर्वसम्म्तबाट भरत गुरुङ अध्यक्ष चयन गरयो भने उपाध्यक्षमा भक्त दर्जी, रुपा गुरुङ र जगदिश गुरुङ चयन भए । त्यस्तैगरि महासचिवमा – इन्जिनियर राम राज शर्मा, कोषाध्यक्षमा शिव सापकोटा सह–कोषाध्यक्ष चन्दा थापा, सद्स्यहरु एवं खेलकुद विभाग प्रमुख भिम बहादुर गुरुङ र सदस्यहरुमा क्रमशः युबराज गुरुङ, श्याम बहादुर गुरुङ महिला सम्योजकमा हुम कुमारी गुरुङ, सह सम्योजक भुमाया थापा, प्रवक्तामा गोमा राना र कानुनी सल्लाहकारमा भिम पौडेल चयन भए ।

स्याङ्जा समाज युकेले स्थापना काल देखि छोटोे अवधिमै विभिन्न कार्यहरु – एक आपसी सहयोगमा समाजको उत्थानको लागि नेपालमा आफ्नो जिल्ला विकासमा सहयोग, कोविडको विषम परिस्थितिमा सहयोग, स्याङ्जा जिल्ला बासीलाइ मोतीबिन्दु अपरेसनमा सहयोग लगायत अन्य आपतकालमा सहयोग गर्दै आइरहेको छ ।

संस्थाका अध्यक्ष सारदा गुरुङ पितृ शोकमा नेपालमा भएकोले कार्यवाहक अध्यक्ष भरत गुरुङको अध्यक्षतामा बार्षिक साधारण सभा सम्पन्न भएको थियो। महासचिब डा. बलराम ढकालले संचालनको शुभारम्भ गरे भने संचालन उपाध्यक्ष भरत गुरुङले गरेका थिए।

एक मिनेट मौन धारण पश्चात शुरु भएको कार्यक्रमलाई उपाध्यक्ष भक्त दर्जीले स्वागत मन्तब्य गरेका थिए ।

सस्थाका संरक्षक थर्क सेन, मे. कुमार गुरुङ, मगर संघका निबर्तमान रिटायर्ड लेप्टेन सुनिल राना, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेका अध्यक्ष गोमा राना र सोपाल समाजका अध्यक्ष श्री प्रसाद गुरुङ्ले पानसमा बत्ती प्रज्वलन गरेका थिए।

शुभकामना मन्तव्यमा स्याङ्जा समाजका प्रवक्ता एल बि जेड गुरुङ, कुमार गुरुङ, सुनिल राना, नारायन गुरुङ, श्री प्रसाद गुरुङ, डेबिडगुरुङ, विशाल गुरुङ र थर्क सेनले शुभकामना दिदै सस्थाले छोटो समयमा द्रुत गतिले महत्वपूर्ण कार्य सम्पन्न गरेकोमा खुशी पनि ब्यक्त गरेका थिए।

सस्थाका महासचिव डा बलराम ढकालले बार्षिक प्रतिबेदन प्रस्तुत गरे भने कोषाध्यक्ष रुपा गुरुङ्ले आर्थिक प्रतिबेदन पेश गरेका थिए।

भरत गुरुङ्ले अध्यक्ष सारदा गुरुङको प्रतिबेदन प्रस्तुतको साथै कार्यसमिति विघटन घोषणा गर्दै पहिलो सत्र अत्यन्तै सौहार्द्पुर्ण रुपमा सम्पन्न भएको थियो ।

दोस्रो चरणमा निर्बाचन प्रमुख डेविड गुरुङ र वहाँको टिमले निर्वाचन प्रक्रियालाई अगाडि बढाएका थिए । नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति समाजका वरिष्ठ सल्लाहकार डेविड गुरुङ् निर्वाचन प्रमुख थिए भने समितिमा सचिब गोमा राना र सद्स्यमा इन्द्र क्षत्री, पार्बती गुरुङ र गिर गुरुङ रहेका थिए ।।

Related Articles

Leave a Reply

Back to top button