समाचार
धनकुटा मतगणना अपडेट : श्रम संस्कृति पार्टीको अग्रता कायमै,पछ्याउंदै एमाले

धनकुटा,२२ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत जारी मतगणनामा श्रम संस्कृति पार्टीका सान बहादुर राईको अग्रता कायमै रहेको छ ।
सान बहादुर राईले ५०४० मत प्राप्त गरेका छन् भने एमालेका राजेन्द्र कुमार राईले ४८५८ मत प्राप्त गर्दै पछ्याइरहेका छन् ।
यस्तै नेपाली काँग्रेसका उम्मेदवार दिनेश राईले २५८२ मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले ८७४ मत,र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का धर्मराज पौडेलले ९२ मत पाएका छन् ।




