समाचार

नझरेका फूलहरूले गर्‍यो लेखकलाई सम्मान

११ डिसेम्बर, विजयपुर । नझरेका फूलहरूले नीलो प्रेम उपन्यासका लेखक पुरुषोत्तम बजगाईँ र लेखक विष्णुकुमार पौडेललाई सम्मानपत्र र दोसल्ला ओढाएर आज सम्मान गरेको छ। नीलो प्रेम अहिले सर्वाधिक बिक्री भएको लोकप्रिय पुस्तक हो। सम्मानित अर्का लेखक पौडेल इन्डिगो इन्क प्रकाशनका अध्यक्षसमेत हुन् ।

सुनसरीको धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसको सभाहलमा नझरेका फूलहरूले आयोजना गरेको कार्यक्रममा बहुचर्चित पुस्तक नीलो प्रेमको चर्चा-परिचर्चा गरिएको छ।
समिक्षक तथा कवयित्री डा. अस्मिता विष्ट र लेखक पुरुषोत्तम बजगाईँले संवाद गरेका थिए भने लेखक-पाठक भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि उक्त क्याम्पसका प्रमुख समेत रहेका साहित्यकार चन्द्रकुमार राई रहेका थिए। साहित्यकार पुरन याक्खाको अध्यक्षतामा आयोजित कार्यक्रम नझरेका फूलहरूका संस्थापक केपी घिमिरेले सञ्चालन गरेका थिए।
कार्यक्रममा कवि अमित थेवे,हेमन यात्री, चन्द्र गुरुङ, गीताप्रसाद श्रेष्ठ, भोजराज श्रेष्ठ, रूपनारायण श्रेष्ठ, गायक कृष्णराजा श्रेष्ठ, कवि कलाकार राजीव हलवाई लगायतको सहभागिता रहेको थियो ।

Related Articles

Back to top button