स्थानीय

मुक्कुमलुङ केबुलकार विरुद्ध पत्रकार सम्मेलन: आन्दोलनको घोषणा

ताप्लेजुङ,
ताप्लेजुङमा रहेकाे अति चर्चित मुक्कुमलुङ, पाथीभरामा देव स्थलमा निर्माण भइरहेको केबुलकार निर्माणकाे विरुद्धमा २ जनवरी २०२६ गतेका दिन बिभिन्न ठाउँमा पत्रकार सम्मेलन गरि फेरी आन्दोलन हुने मुक्कुमलुङ संयुक्त संघर्ष समिति र मुक्कुमलुङ ताङसेप फासिङ चुम्भाेले पत्रकार सम्मेलन गरि घोषणा गरेका छन ।

काठमाण्डाै र फुङलिङमा मुक्कुमलुङ ताङसेप फासिङ चुम्भो तथा मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको हो ।

विभिन्न दल र संस्थाहरुद्धारा गरिने आन्दोलन आउदाे पुस २२ गतेदेखि मिति २०८२ साल माघ २० गते सम्म बिभिन्न चरणकाे आन्दाेलन हुने छ । पुस २२ गते सबै जिल्लाका गाउँघरमा भेला भई छलफल गरिने र कुनै हालतमा पछि नहट्ने केवलकार खारेज गरेरै छाडने केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले बताउनु हुन्छ ।

यस्तै माघ १२ गते पूर्वका विभिन्न जिल्लामा कोण सभा, माघ १४ गते मेची राजमार्ग र तमोर करिडोरमा विरोध प्रदर्शन, माघ १६ गते फुङलिङमा जनप्रदर्शन र कोणसभा, माघ १७ गते आन्दोलनमा घाइते भएकाहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको संयोजक फेम्बूले बताउनुभयो । माघ १८ गते पाथीभरा क्षेत्रको कान्छी थानदेखी पाथीभरा (मुक्कुमलुङ) सम्म धागो टाङ्ग्ने कार्यक्रम रहेको छ ।

माघ १९ गते मुक्कुमलुङमा विरोध प्रदर्शन र माघ २० विभिन्न जिल्लाका नगरपालिका, गाउँपालिका, वडामा निर्वाचनको एजेन्डा बनाएर अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

मुक्कुमलुङ धार्मिक, सांकृतिक सम्पदा हुनका साथै याक्थुङ रैथानेहरुकाे मुन्धुमी स्थल भएको हुदाँ यसलाई जोगाउन विगत ६ वर्षदेखि आन्दोलन निरन्तरता भईरहेको र याे आन्दोलनमा धेरै आन्दाेलनकारीहरु राज्यकाे दमनकाे कारणले गाेलि लागि अंगभंग भएका छन । जब सम्म निमार्ण कार्य राेकिनन तव सम्म आन्दोलन नराेक्ने मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समितिका संयोजक लिमखिम लिम्बूले बताएका छन ।

– ज्ञानु फुरुम्बाे ‘चरपे’

Related Articles

Back to top button