राजनीति

सोलुखुम्बुबाट सर्वसम्मत छानिए एमालेका महाधिवेशन प्रतिनिधि

सोलुखुम्बु, मंसीर ११ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बु जिल्लाबाट सबै कोटामा प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएका छन्।

खुला कोटामा बुद्धिकुमार राजभण्डारी र डुफकुमार बास्तोला चयन हुनुभएको छ । यस्तै उत्पीडित कोटाबाट डि.बि. रानापाल प्रतिनिधि चयन हुनुभएको छ ।‌

महिला कोटामा कल्पना राई र मोहनकुमारी कार्की चयन भएका छ भने ४० वर्ष मुनीका युवा कोटाबाट जगनाथ बास्तोला महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा जिल्लास्तरीय तयारी तीव्र बन्दै गएकाे छ। एमालेको महाधिवेशन यही मंसीर २७ देखि २९ सम्म‌ काठमाडौंमा आयोजना हुदैछ।

Related Articles

Back to top button