साहित्य सिर्जना

कवयित्री सयपत्रीको कविता संग्रह ‘गाउँ फर्किरहेको परदेशी’ लोकार्पण

२७ नाेभेम्बर, काठमाडौं । कवि सयपत्री थुलुङको कविता संग्रह ‘गाउँ फर्किरहेको परदेशी’को लोकार्पण भएको छ । सम्भव समूहको आयोजनामा आइतबार मण्डला थिएटरमा कवि श्रवण मुकारुङ, कवि ज्योति जंगल र कवि उत्तम तुम्सा लिम्बु लगायतले सार्वजनिक गरेका हुन् ।
कवि थुलुङ ।

कवितासंग्रह लोकार्पणपछि कवि उत्तम तुम्साले कृतिको चर्चा गर्दै कविता लेखनको आ-आफ्नै पक्ष हुने र ‘गाउँ फर्किरहेको परदेशी’ अनुभुतिको गर्भबाट निस्किएको एउटा सफा संग्रह भएको बताए ।

 

त्यस्तै अर्का कवि ज्योति जङ्गलले प्रेमको मसीले लेखिएको यो सङ्ग्रह आशा र आत्मबलको बाटो देखाइरहेको राम्रो कृति बनेको बताइन् ।

कवि श्रवण मुकारुङले कुनै सिपालु संगीतकारले चाह्यो भने सबै कवितामा संगीत भर्न सकिने बताए । उनले कवि थुलुङलाई कविताको यात्रामा बलियो गरी निस्किएको नाक्छोङ्को दोस्रो स्टेपमा पुगिसकेको बताए ।

विमाेचित कृति ।

कार्यक्रममा कवि मिथोच र रंगकर्मी नुसा लिङ्देनले सङ्ग्रह भित्रका एक–एक वटा कविता वाचन गरेर सुनाएका थिए ।

संखुवासभा मूल घर भई हाल जापानमा रहेकी कवि थुलुङ विशेषगरी कविता, गीत, मुक्तक विधामा कलम चलाउँछिन् । उनी विश्व नेपाली साहित्य महासङ्घ जापानकी सहसचिव हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button