समाचारसाहित्य सिर्जना

विरहीले ल्याए ‘बारुदले काेरिएका अक्षरहरू’

१६ मे, विजयपुर । कवि भीम विरही राईको कविता संग्रह ‘बारुदले कोरिएका अक्षरहरु’ सार्वजनिक भएको छ । शनिबार धरानमा सम्पन्न एक कार्यक्रमबीच कवि राईकाे सङ्ग्रह लाेकार्पण भएको हाे ।

अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहले हाेटल रत्न इनकाे सभाहलमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समालाेचक एवम् भाषाशास्त्री प्रा.डा. टङ्कप्रसाद न्याैपानेले पुस्तककाे विमाेचन गरेका थिए । डा. न्याैपानेले युद्ध साहित्य प्रबर्द्धनका लागि पुस्तकले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । त्यसैगरी, विशिष्ट अतिथि प्रा.डा. भीम खतिवडाले साहित्य र भाषाले सबैलाई जाेड्ने धारणा राखे ।

भीम बहादुर लिम्बु स्मृति सम्मान ग्रहण गर्दै सिक्किमका साहित्यकार सीपी शर्मा ।

अर्का विशिष्ट अतिथि सिक्किम सरकारका प्रवक्ता एवम् साहित्यकार सीपी शर्माले नेपाल र भारतका साहित्यकारहरू सँगसँगै अघि बढ्नुपर्ने विचार राखे । उनलाई साे अवसरमा भीमबहादुर लिम्बु स्मृति सम्मान समेत प्रदान गरिएको थियोे । शर्मालाई समूहका अध्यक्ष एवम् भीमबहादुर लिम्बु स्मृति प्रतिष्ठानका संरक्षक सुरेन्द्र लिम्बु परदेशी र प्रमुख अतिथि न्याैपानेले संयुक्त रूपमा सम्मानपत्र र दाेसल्ला प्रदान गरे । त्यसैगरी, गीतकार डा. नारद पाेख्रेललाई १५,५५५ नगद रूपैयाँसहित भीमबहादुर लिम्बु स्मृति पुरस्कार प्रदान गरिएको थियोे ।

कवि भीम विरही राई ।

साे अवसरमा कवि भीम विरही राईकाे विमाेचन भएको कृति उपर बाेल्दै कवि देवान किरातीले संवेदनाले भरिपूर्ण भएर पुस्तक तयार भएको बताए । उनले कृतिमा कविकाे सैन्य जीवनको सम्पूर्ण क्षणहरू कैद भएर आएको जनाए । पुस्तकमा समावेश भएका केही कविताहरू कविहरू वर्षा भण्डारी, तिर्थराज विक, आइतु ग्यावा तामाङ र विश्वजीत राईले वाचन गरे । २०५५ देखि २०७९ सम्म लेखिएका कुल ३८ वटा कविताहरू सङ्ग्रहमा सङ्कलित छन् । कवि राई अवकाशप्राप्त भारतीय गाेरखा सैनिक समेत हुन् ।

समूहका सचिव बुद्धि तेम्बे ‘माइला’ले सञ्चालन गरेको कार्यक्रममा ‘परदेशी विम्बहरू’ काे १६ ओैँ अङ्क समेत विमाेचन गरिएको थियोे । साे अवसरमा कविहरू टीका आत्रेय, झना वाम्बुले राई लिम्बु र जेबी निखुन्तले कविता वाचन गरेका थिए । कार्यक्रममा कवि, लेखक, पत्रकार एवम् भूपू सैनिक परिवारकाे उल्लेख्य उपस्थिति रहेको थियोे ।

Related Articles

Back to top button