समाचार

इलामेली जनसम्पर्क मञ्चद्वारा वृद्धाश्रममा कपडा वितरण

◾️सुमन येक्तेन

२७ नाेभेम्बर, मलेसिया । प्रवासी इलामेली जनसम्पर्क मञ्च समिति मलेसियाले नेपालकाे एक वृद्धाश्रममा कपडा वितरण गरेको छ ।

मञ्चले गत २५ नाेभेम्बरमा इलाम नगरपालिका-१० माइखोलामा अवस्थित रहेको माइ भगवती वृद्धाश्रममा कपडासँगै अन्य खाद्य सामग्री वितरण गरेको थियोे । आश्रममा रहेका १५ जना वृद्धवृद्धालाई समितिले न्यानो कपडा, स्वेटर, ज्याकेट, फलफूल, चाउचाउ, बिस्कुट समेत वितरण गरिएको थियो । सामग्री पाएपछि आश्रममा वृद्धवृद्धाहरू उत्साहितसँगै भावुक भएकाे उपाध्यक्ष सुमन येक्तेनले बताए ।

वितरण कार्यक्रममा समितिका पुर्व पदाधिकारी बुद्धिमान राई, डीबी खत्री, शसुरेन्द्र चोङवाङ, कल्पना राईहरुले सहजीकरण गरे । त्यस्तै, भर्खरै मलेसियाको बसाइँ बिट मारेर स्वदेश फर्किएका पूर्व अध्यक्ष कल्पना राइलाई कदर-पत्रसहित खदाले सम्मान गरिएको थियो । कार्यक्रममा सबै पदाधिकारीहरुले मलेसियामा बसेका इलामेलीहरूलाई संस्थामा जोडिन समेत आग्रह गरेका थिए । कार्यक्रम बुद्दिमान राइले सञ्चालन गरेका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button