राजनीति
धनकुटामा भोलि एमालेका १५ हजार नेता कार्यकर्ता सडकमा उत्रने

धनकुटा,२८ कार्तिक । धनकुटामा नेकपा एमालेले यही कात्तिक २९ गते १५ हजार भन्दा बढी नेता कार्यकर्ता सडकमा उतार्ने भएको छ ।
एमालेको देशव्यापी कार्यक्रम अन्तर्गत धनकुटामा पनि वृहत जनप्रदर्शनको तयारी गरिएको हो । शनिवार बिहान ११ बजे बसपार्कमा भेला भएर बजारमा वृहत जनप्रदर्शन गरिने एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिनुभयो ।
जनप्रदर्शनमा धनकुटाका सात वटै पालिकाबाट नेता कार्यकर्ता, समर्थक एवं शुभेच्छुकहरु सहभागि हुनेछन् ।
संविधान र लोकतन्त्रको रक्षाका लागि जनप्रदर्शन गर्न लागिएकाले सहभागि हुन एमाले धनकुटा जिल्ला अध्यक्ष शिव आङ्लाले सबैलाई आब्हान गर्नुभएको छ ।




