समाचार
नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

काठमाडौ । नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्।
तीन दशक लामो सेवायात्रामा अपराध अनुसन्धानदेखि प्रदेश कमान्डसम्मका चुनौतीपूर्ण जिम्मेवारी इमान, निष्पक्षता र सफा छविसहित पूरा गरेका खापुङ सहकर्मी र अधीनस्थबीच प्रेरणादायी नामका रूपमा चिनिन्छन्।
उनको कार्यकाल छोटो रहे पनि (२०८२ कात्तिक २६ मा समाप्त हुने), नेतृत्वकालमा प्रहरी संगठनमा पारदर्शिता, अनुशासन र जनविश्वासलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। छोटो तर प्रभावशाली अध्याय लेखिने विश्वास गरिएको छ।




