स्थानीय

धनकुटाको पाख्रिबासमा बजार अनुगमन, म्याद गुज्रिएका सामान नष्ट

धनकुटा,१० असोज । धनकुटाको पाख्रिबास नगरपालिका ४ स्थित पाख्रिबास बजारमा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ । आज पाख्रिबास बजार क्षेत्रका ८ किराना तथा खुद्रा पसलको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका र अखाद्य बस्तुलाई नष्ट गरिएको छ ।

केही पसलहरुमा मूल्य सूची नराखेको पाइएको र कैफियत भेटिएका पसलहरुलाई सचेत गराइएको छ ।

घरेलु तथा साना उद्योगको कार्यालय धनकुटाका अधिकृत बिकास कार्की लगायतको टोली, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटा,इलाका प्रहरी कार्यालय पाख्रिबास,उद्योग वाणिज्य सङ्घ पाख्रिबास,वडा ४ का वडा अध्यक्ष सहितको टोलीद्वारा बजार अनुगमन गरिएको हो ।

Related Articles

Back to top button