स्थानीय

धनकुटामा ट्याक्टर दुर्घटना हुंदा एकको मृत्यु,एक घाइते

धनकुटा,२८ भदौ । धनकुटाको सहिदभूमि-३ पञ्चकन्या नजिक को २ त ८६९९ नम्बरको ट्याक्टर दुर्घटना हुदा सह-चालक वर्ष १६ को खगेन्द्र परियारको घटना स्थलमै मृत्यु भएको छ ।

ढुुङ्गा बोकेर ढोडेबाट पञ्चकन्या तर्फ आउँदै गर्दा ट्याक्टर सडकबाट करिब ४० मिटर तल खस्दा सह-चालक परियारको घटना स्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी पञ्चकन्याका सागरले बताए ।

चालक सचिन परियार भने घाइते भएका छन् ।घाइतेको उपचारको लागि धनकुटा लगिएको छ ।

दुर्घटनाबारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय छिन्ताङ्गले जनाएको छ ।

Related Articles

Back to top button