समाचार
सरकारले फेसबुक लगायत सामाजिक सञ्जाल निष्क्रिय पार्ने भनेसँगै साइबर ब्यूरोको भीपीएन प्रयोग नगर्न अनुरोध

काठमाडौँ । नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोले भीपीएन प्रयोग नगर्न सेवाग्राहीलाई अनुरोध गरेको छ ।
बुधबार एक सूचना जारी गरेर ब्युरोले जथाभावी भीपीएन प्रयोग गर्दा हुने खतराको सूचीहरू सार्वजनिक गरेको छ । सरकारले नेपालमा दर्ता हुन नआए सामाजिक सञ्जाललाई बुधबार मध्यरातबाट बन्द गर्ने निर्णय गरिसकेको छ ।
साइबर ब्यूरोले व्यक्तिगत विवरण चुहावट हुन सक्ने, बैंकिङ एप ह्याक भई आर्थिक क्षतिसमेत हुन सक्ने र भाइरस लाग्ने, जसले थप जोखिम निम्त्याउन सक्ने भन्दै सूचना जारी गरेको हो ।
मन्त्रिपरिषदले सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन नआए बन्द गर्ने निर्णय गरिसकेको छ ।





