स्थानीय

त्रियासी जना विपन्न छात्रालाई शैक्षिक सामग्री वितरण

मन्थली (रामेछाप), ११ भदौः मन्थली नगरपालिका–१ का समाजसेवी श्याम सुवेदीले जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा अध्ययनरत ८३ विपन्न छात्रालाई नगद तथा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको छ ।

हरितालिकाको अवसर पारेर उहाँले एक कार्यक्रमका बीच उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । ‘जेहेन्दार छात्रा शिक्षा हातेमालो कार्यक्रम’ अन्तर्गत मन्थली मावि मन्थलीका ३५, भैरवी मावि सुनारपानी, सेतीदेवी मावि सालु र शिद्धेश्वर मावि गैराथोकका १०–१०, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका छ जना र तामाकोशी क्याम्पस खिम्तीका १२ जना गरी ८३ जनालाई नगदसहित विद्यालय शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।

मन्थली क्याम्पसका छ र खिम्ती क्याम्पसका १२ छात्रामध्ये मन्थलीका दुई र खिम्तीका चार गरी छ जनालाई रु १८ हजार नगदसहित ट्रयाकसुट, झोला प्रदान गरिएको थियो भने मन्थली र खिम्ती क्याम्पसका क्रमशः चार र आठ छात्रालाई ट्रयाकसुट, झोला र एक वर्षलाई सामग्री प्रदान गरिएको थियो ।

त्यसैगरी, मन्थली माविका ३५ छात्रामध्ये १० जनालाई नगद रु १० हजारसहित नगद छात्रवृत्ति र २५ जनालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो भने भैरवी मावि, सिद्धेश्वर मावि र सेतीदेवी माविका १०–१० छात्रामध्ये तीन–तीन जनालाई रु १० हजारसहित र सात–सात जनालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको सुवेदीले राससलाई बताउनुभयोे । उहाँले मन्थली नगरपालिका–१३ को हर्रेचिण्डे मावि, वडा नं ६ को सिद्धेश्वर आवि र वडा नं २ को कालिका आविका छात्रालाई पनि विद्यालय पोशाक प्रदान गरिने बताउनुभयो ।
–––

Related Articles

Back to top button