साहित्य सिर्जना

मनोहरा साहित्य समाजको ९० औं कविता वाचन” श्रृंखला सम्पन्न

-चन्द्र मादेन 'आन्छन'

काठमाण्डौं, २०८१ असाढ ८ गते शनिवार, मनोहरा साहित्य समाजको आयोजनामा स्थानीय ग्लोवल पव्लिक स्कुल, पेप्सीकोलामा ९०औं कविता वाचन श्रृंखला भव्य र सभ्यता साथ सम्पन्न भएको छ । समाजका अध्यक्ष डिल्लीराज आर्यालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि वुढ्यौली समाज भक्तपुरका अध्यक्ष एवं छन्दकवि कविराज घिमिरे र स्रष्टा एन वी जनकपुरे हुनुहुन्थ्यो ।

स्वंय सभापति डिल्लीराज आचार्यको स्वागत मन्तव्यवाट सुरु भएको उक्त साहित्यिक कार्यक्रममा ३० जना स्रष्टाहरुले सृजना वाचन गर्नुभएको थियो । कविता पस्किनुहुने सर्जकहरु – कृष्ण प्र पौडेल, डि वी पालुङ्वा, उषा वस्ताकोटी, प्रेम राज घिमिरे, शारदा पराजुली, चेवन चन्द्र वस्नेत, दिव्या अनामिका तिवारी, सूर्य प्रसाद डुम्रे, भावना न्यौपाने, वुद्धिसागर पौडेल, सरिता घिमिरे, धरणी धनन्जय, नुरदेव खनाल, भालचन्द्र भन्डारी, छविलाल अधिकारी, चन्द्र मादेन आन्छन, निशा न्यौपाने, तोयानाथ सुवेदी, विजया वस्नेत, एन पी पाण्डे, सञ्जय सोती, विनन्द वैद्य, विष्णु दत्त भट्ट, खोला घरे साँईलो, सरिता तिमल्सिना, घनश्याम प्रसाई, गँगा प्र.भेटवाल ताप्लेजुङे, दीपक श्रेष्ठ हुनुहुन्यो ।

त्यस्तै जेष्ठ नागरिक राधा आचार्य भट्ट, सितल गिरी अनि प्रमुख अतिथि घिमिरे र विशेष अतिथि जनकपुरेले सान्दर्भिक मन्तव्य राख्नुभएको थियो ।

विकृति, विसंगति, वेथितिको विरुद्ध देशप्रेम, पहिचान, प्रकृति र प्रेमका कविताहरु अधिकांशले श्लोक र मुग्ध छन्दमा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन समाजका साचिव भाव किशोर वरालले गर्नुभएको थियो र माएक हस्तांतरण गर्नेवेलामा वंहाले पनि दमदार कविता सुनाउनु भयोभने अन्तिममा समाजका उपाध्याय जसध्वोज गुरुङले आफ्नो मुक्तक पस्किनु हुदै उपस्थित सवैलाई धन्यवाद भन्दै कार्यक्रमको विसर्जन गर्नुभएको थियो । स्मरणीय रहोस – यो संस्था विधिवत दर्ता भएर निरन्तर प्रत्येक महिनाको दोस्रो शनिवार अपराह्न सुचारु कृयाशील हुदै आएको ९० औं श्रृंखला पुगेको छ ।

Related Articles

Back to top button