भूपू गोर्खा कोलम

लण्डनको थेम्स नदीको डिलमा गोर्खा स्मारक अनावरण


लण्डन,लण्डनको थेम्स नदीको डिलमा गोर्खा स्मारक अनावरण

लण्डन, गत १८ अगष्ट २०२४ का दिन लण्डनको थेम्स नदीको डिलमा गोर्खा स्मारक अनावरण भएको छ ।

थरक काउन्सिलका मेयर कैरन रयापर र गोर्खा मेजर डिल्ली कुमार राईले संयुक्तरुपबाट नवंनिर्मित गोर्खा स्मारकको उद्घाटन गरेका हुन । मेयर रयापरले आफ््नो इलाका ईसेक्समा पहिलो गोर्खा स्मारक बनेकोमा खुसि ब्यक्त गरिन ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका युके अध्यक्ष प्रेम गाह मगर, गोर्खा मेजर राई लगायतले सम्बोधन गरे । रोचक पक्ष चाहि स्मारकको अनावरणको शुरुवात बहूधर्मसंस्कारबाट गरियो । बुद्धिष्ट पुजारी, हिन्दु पुजारी, क्रिश्चियन पुजारी र किरात धर्मका राई र लिम्बु पुजारीले एकैसाथ आआफ्नो तरिकाले पुजा अनुष्ठान गरेका थिए ।

क्रस खुकुरी माथि गोर्खा हेड भएको स्मारक युकेको हकमा सम्भवत यो पहिलो हो । पंचधातुबाट बनेको स्मारकको कुल लागत ४५ हजार पाउण्ड (नेरु साढे ७८ लाख) रहेको कुरा निर्माण समितिले जानकारी दिएका छन ।

प्रसिद्ध डार्टफोर्डक्रसिङ नजिकै थेम्स नदिको डिलमा रहेको प्रफिट ह्यारिटेज मिलिट्री संग्राहलयको प्राङगणमा सो स्मारकको स्थापना गरिएको हो ।

थरक नेपलिज गोर्खा कम्युनिटीको सयुक्त पहलमा सो स्मारकको निर्माण गरिएको हो भने परिकल्पनाकार किसोर लिम्बु र मान बहादुर राई हुन ।

Related Articles

Back to top button