गोर्खा जि टु जि वार्ताः समान पेन्सन बारेको आफ्नो माग रक्षा मन्त्रालयमा भेटरान मन्त्रीलाई बुझाए

लण्डन, १६ डिसेम्बर २०२५ का दिन बृटिस सेनामा सेवा गरि अवकास प्राप्त बृटिस गोर्खा र उनका परिवारहरुले पेन्सन सम्बन्धि आफ्नो माग भेटरान मन्त्री लुईस स्यान्डरलाई बुझाएका छन ।
युकेको लागि नेपाली कार्यबाहक राजदुत विपिन दुवाडीका उपस्थितीमा भूतपूर्व गोर्खाको प्रतिनिधित्व गर्दै जी १० समूहबाट मेजर जुदबहादुर गुरुङ, मेजर टिकेन्द्र दल देवान, मेजर उदयबहादुर गुरुङ र पुष्पा राणा घलेले मन्त्रीसँगको वार्तामा युकेको रक्षा मन्त्रालयमा पेन्सन सम्बन्धिका आफ्ना माग बुझाएका छन ।
गत २७ मार्च २०२४ पछि गोर्खा मुद्धामा मन्त्रीस्तरमा पहिलोपटक वार्ता भएको हो । यसअघि पछिल्लो चार वर्ष तीन महिना अवधिमा प्राविधिक तहका दर्जन बैठक र मन्त्रीस्तरीय करिब आधा दर्जन वार्ता भईसकेका छन् ।
भेटरान मन्त्रीसँगको वार्तापछि भूतपूर्व गोर्खा प्रतिनिधि र लन्डनस्थित दूतावासका कूटनीतिज्ञहरुबीच दूतावासमा भावी रणनीतिबारे छलफल भएको कुरा सहभागी गेसो उपसभापति धर्म बहादुर तामाङले जनाए । भूपू गोर्खाजन्य विभिन्न संघसंगठन र समुहलाई समेटेर ग्रुप १० निर्माण भएको छ र विगत आधा दशक देखि निरन्तर वार्ता र संवादमा सहभागिता जनाईरहेका छन् । शिधै नेपाल सरकार र बृटिस सरकार बीचको वार्तालाई जि टु जि वार्ता भनिने गरेको छ ।




