आदिवासी

पहिचानवादी मोर्चा आसफोर्ड क्षेत्र गठन

केन्ट, युके,
ज्ञानु फुरुम्बो चरपेको संयोजकमा संयुक्त पहिचानवादी मोर्चा आस्फोर्ड क्षेत्र गठन भएको छ।

गत २४ मे २०२४ दिनको भेलाले फुरुम्बोको संयोजकमा २५ सदस्य सहित पहिचानवादी मोर्चा गठन भएको हो। सह-संयोजकहरुमा दुर्गा पाङमा, धनु याक्खा चयन भएका छन त्यसै गरि सदस्य सचिवमा माक्सती ओख्राबो चयन भएका छन । त्यस्तै कोषाध्यक्षमा लक्ष्मी प्रसाद तुम्बाहाङफे, चयन भएका छन भने सदस्यहरुमा सदस्य दिपेन्द्र फेयङ, हेम चोङवाङ, लोक गुरुङ, शान्ती लिम्बू सानू, आशा मादेन, प्रेम गुरुङ, नहरजङ, माबोहाङ, विनाेद वनेम, डाग बहादुर चोङवाङ, कविता माबोहाङ, प्रविन लुङफुङवा, मान लक्सम, बलहाङ माबोहाङ, चन्द्र किरण माबोहाङ,राज आङबुहाङ, काजी मान ओख्राबो, प्रशान्त देवान,सिङलाहाङ पतङवा, तेज याक्खा र राजेन्द्र नेम्बाङ गरि २५ सदस्य समिति सहितको पहिचानवादी मोर्चा आस्फोर्ड क्षेत्र गठन भएको हो ।

पहिचानवादी मोर्चा युकेका संयोजक देवी बहादुर तुम्बाहाङफेको प्रमुख उपस्थितिमा गठन भएको उक्त कार्यक्रममा प्रमुख सचिवालय सदस्य सचिव लाहाङ चेम्जोङ सह संयोजक चन्द्र प्रसाद लिङदेन, विजय लुङफुङवा, संगठन बिभाग प्रमुख राम इजम,संवाद बिभागका सन्तवीर नेम्बाङ, विचार विभाग सदस्य गणेश इजम, आन्दोलन बिभाग दिल तुम्बाहाङफे,केन्द्रीय सदस्य शिखर सम्बाहाङफे र चक्र प्रसाद लिम्बुहरुको लगायतका केन्द्रिय समितिहरुको उपस्थिति रहेको थियो ।

पहिचावादी मोर्चा यस्तो शक्ति हो अबको एक मात्र उदमान वैकल्पिक शक्तिको रुपमा उभिएको संगठन वा राजनितिक दल हो
बहुसांस्कृतिक समाजवाद र लोकतन्त्राको मसिनु तरिकाले बुझे र विश्लेषण गरेर हिजो देखि पहिचान,अस्तित्व अधिकारबाट
पाखा लगाएका जाती समुदाय वर्गहरु हित लागि एक नक्षेत्र भएर उदाएको सबै पहिचानवादीहरुको साझा संगठन हो । यो संगठनले सबैको बिचारलाई सम्मान तरिकाले लिने छ र ती सबै बिचारहरुलाई मनथन गरेर महा बिचार निमार्ण गर्ने छ त्याे महाविचार नै बैकल्पिक पाेल्टिकल पावरको रुपमा स्थापित हुने छ भनी केन्द्रीय संयाेजक लगायत बिभागीय संयाेजकहरुले आफ्ना विचार सहित मन्तब्य सहि बिचार राखेका थिए ।

Related Articles

Back to top button