आदिवासी

लिङदेनको अध्यक्षतामा किरात साम्यो माङसेवासावा यक्पाङगेन पान्जुम्भो युके गठन

गत १८ मे २०२५ दिन साङदाङगेन्न वरुमसावा समेत रहेका लिङदेनको अध्यक्षतामा २५ सदस्य माङसेवासावा यक्पाङगेन पान्जुम्भो युके गठन भएको हो ।

नवगठित पान्जुम्भोको उपाध्यक्षमा, डा.कमला आङदेम्बे, आशा थोप्रा, तिल बिक्रम लावती, मुक्ति खालिङ चयन भएका छन । यस्तै सचिवमा सिक्कुम ज्ञानु फुरुम्बो चरपे, सहसचिवमा टेक माबोहाङ(निराज), लाल लिङदेन, कोषाध्यक्षमा रनसिं माबो र सहकोषाध्यक्षमा चन्द्रकला आवाजङ चयन भएका छन ।

यसैगरी सदस्यहरुमा मनि चोङबाङ, चुन बहादुर लिङदेन, हस्ता कला थाङदेन, गंगा माया योङहाङ, सीता थेबे, देबिन्द्र सेर्मा, मनमाय लिम्बू, राज कुमार नुगो, काजीमान ओख्राबु, सरद वरुमहाङ र कल्पना वरुमहाङ, चयन भएका छन ।

सल्लाहकारमा राम कुमार सिंथेबे, तेज मेन्याङबो, काजीमान नुगो र भक्त लाबुङ चयन भएका छ्न ।

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका अध्यक्ष राजेन्द्र खिम्दिङको प्रमुख आतिथ्यमा साथै किरात साम्यो माङसेवा साबा पान्जुम्भोका केन्द्रीय सदस्य राम कुमार सिंथेबेको विशेष अतिथ्यमा किरात साम्यो माङसेवासावा यक्पाङगेन पान्जुम्भो युके गठन गरिएको हो ।

उक्त गठित समितिहरुलाई प्रमुख अथिति, बिशेष लगायत अथितिहरुबाट कार्यसफताको शुभकामना सहित साङदाङगेन वरुमसावा तेज बहादुर मेन्याङबोले सफथग्रहण गराएका थिए ।

किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुभोको पत्रचार अनुसार किरात साम्यो माङसेवासावा यक्पाङगेन पान्जुम्भो युके गठन गरिएको नवगठित पान्जुम्भोका सचिव सिक्कुम ज्ञानु फुरुम्बो चरपेले बताए ।

बेलायतमा बिगत लामो समय देखि माङसेवासावाहरुको आबद्व संस्था गठन नभएता पनि माङसेवासावा र माङसेवासामाहरुको सक्रियता भने देखिन्दै आएको उनले बताए । सचिव चपेका अनुसार समिति गठनसंगै माङसेवासावा माङसेवासामाहरुले महागुरु फाल्गुनन्द लिङदेनको सत्य मार्ग दर्शन र बर्तमान किरात धर्मगुरु र गुरुआमाहरुको आज्ञालाई आत्मा साथ गर्दै किरात धर्म र साम्जिक मुन्धुमलाई विश्व ब्यापि रुपमा प्रचार प्रसार गर्दै विश्व शान्ति मानव एकता जगत प्राणी रक्षार्थका लागि अहोर लागि पर्ने वताए ।

Related Articles

Back to top button