आदिवासी

युमा साम्याे महासभा यूकेकाे साधारणसभा सम्पन्न

१७ मार्च, आसफाेर्ड(केन्ट) । युमा साम्याे महासभा यूकेकाे वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत मार्च ९ गते महासभाले आसफाेर्डमा साताैँ साधारणसभा सम्पन्न गरेको हाे ।

महासभा यूके अध्यक्ष दिल पालुङ्वाकाे अध्यक्षतामा भएको कार्यक्रम प्रचार विभाग लाहाङ चेम्जोङले सञ्चालन गरेका थिए । अध्यक्ष पालुङ्वाले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदन र भावी कार्यक्रमकाे रूपरेखा र काेषाध्यक्ष जय मादेम्बाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सभाले पारित गरेको थियोे । स्वागत मन्तव्य हरिभक्त आङबुहाङले राखेका थिए ।

सभाले याक्थुङ समुदायको गर्भावस्थादेखि मृत्युुपर्यन्त हुने धार्मिक संस्कारहरूबारे अन्तरक्रिया गर्दै दस्तावेजीकरण गर्ने निर्णय गरेको छ । सभामा उठेका सवालहरूकाे अध्यक्ष पालुङ्वाले जवाफ दिएका थिए । कार्यक्रममा युमा धर्ममा मूर्तिपूजा वा मूर्ति राख्ने प्रचलन नरहने भन्दै प्रशिक्षण र जागरण चलाउने निर्णय समेत भएको थियोे ।

सभामा सल्लाहकार एवम् तुम्याहाङहरू डम्मर सिङ्गक, काजीमान यक्साे, टङ्क येङ्देन, छत्र वनेम, कुवेरसिं हुक्पा चाेङवाङ लगायतको उपस्थिति रहेको थियोे ।

सन् २०१८ डिसेम्बरमा स्थापना भएको युमा साम्याे महासभा यूकेकाे दाेस्राे महाधिवेशन २०२२ अक्टोबर २२ मा भएको थियोे । महासभाले याक्थुङ समुदायको आदिम धर्म युमा धर्म भनेर अभियान सञ्चालन गर्दै आइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button