
६ मे, विजयपुर । पहिचानवादी शक्तिलाई गाेलबद्ब गर्दै निर्णायक शक्ति बनाउने दाबीसहित गठन भएको पहिचानवादी माेर्चा नेपालले सङ्गठन विस्तारलाई तीव्र बनाएको छ ।
एक वर्षअघि प्रतिनिधिसभामा १२ सिट भएको तत्कालीन जनता समाजवादी पार्टीमा फुट आएपछि दुई समूहमा विभाजन भएको थियोे । तत्कालीन कार्यकारी अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा जसपा, नेपाल र सङ्घीय अध्यक्ष अशाेक राई नेतृत्वमा जसपा बनेको थियोे । दुवै समूहमा नरहने नेताहरूले बैशाख २७ गते पहिचानवादी माेर्चा बनाएका थिए । जसको संयाेजकमा सल्लाहकार डा. महेन्द्र लाओेतीले रहेका थिए । माेर्चामा पछि पूर्व माओवादी नेता गाेपाल किराती पनि सामेल भए ।
गत पुस महिनामा थप चार राजनीतिक सङ्गठनहरूले माेर्चाबन्दी गर्दै ‘संयुक्त पहिचानवादी मोर्चा’ घाेषणा गरेका थिए । प्रा.डा. महेन्द्र लाओती संयोजक रहेको पहिचानवादी मोर्चा, केपी पालुङ्वा अध्यक्ष रहेको नेपाल जनमुक्ति पार्टी, डकेन्द्र सिंह थेगिम संयोजक रहेको प्रदेश नं. १ पुनःनामाङ्कन अभियान समिति र ज्ञानबहादुर गुरुङ सङ्घीय अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको प्रदेश नं १ समितिले माेर्चाबन्दी घाेषणा गरेका थिए ।
बैशाख १६ गतेदेखि २१ गतेसम्म यहीँ माेर्चाले जिल्ला समिति समायोजन गर्दै तेह्रथुम, सुनसरी, माेरङ, झापा, इलाम, पान्थर र ताप्लेजुङमा माेर्चा गठन गरेको थियोे । नयाँ र पुराना नेता कार्यकर्ताहरू समायोजन गरेर ठूलो सङ्ख्याकाे समिति घाेषणा गर्दै ‘वैकल्पिक शक्ति’ बन्न कसरत गरिरहेको सङ्केत पनि दिएकाे छ ।
ताप्लेजुङमा ४७ सदस्यीय समिति
पछिल्लो समय सेमुक्तुगाेक्/मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा केबुलकार परियोजना बनेपछि ताप्लेजुङमा प्रदीप मादेन “नानी” को संयोजकत्वमा ४७ सदस्यीय संयुक्त पहिचानवादी मोर्चा जिल्ला संयोजन समिति गठन भएको छ । सह-संयोजकहरुमा इन्द्र थलङ, श्री लिङखिम, पुर्ण पालुङ्वा, अशोक मादेन, डम्बर लाबुङ, सदस्य सचिवमा धनकुमार येङदेन, प्रवक्तामा सरोज कङलिबा, सहसचिवमा चतुरमती थाङदेन, आर्थिक विभाग प्रमुखमा कमला पालुङ्वा छन् ।
त्यस्तै, सदस्यहरुमा अमर अन्छङबो, रमेश मादेन, हर्क गुरुङ, सुरेस आवाजुङ, लोकेन्द्र तुम्बाहाम्फे, दिपेस मादेन, नरकुमारी नाल्बो, बिपना दाहाल, चन्द्रकला बोखिम, सुरेन्द्र तवेबुङ, केदार ताप्मादेन, रबिन पतङवा, डिल्लीहाङ साँबा, लालबहादुर सुब्बा, आइत माबोहाङ, ललित येङदेन, छत्र लेछर्बो, नाराङ फुरुम्बु, यामकुमार आङबुहाङ, भरतसिंह ताप्मादेन, काजी येङदेन, बलबहादुर येङदेन, नरकुमारी येङदेन, दलबहादुर मादेन, पुर्ण पालुङवा, अशोक बिक, सुशीला लाबुङ, रनहाङ एभेङ, हरि वनेम, शिवकला लिवाङ, असिम सेन्दाङ, लक्ष्मी केदेम (मुक्कुमलुङ), योगेन साम्रा, मानबहादुर माङयुङ, किशोर लिम्बू, जहरमान खेवाङ, राजकुमारी सेनेहाङ पालुङवा छन् ।

त्यस्तै, सल्लाहकारहरूमा मोती पालुङवा, कर्णबहादुर पालुङवा, खड्ग गुरुङ, रत्न नुगो, मोती तुम्बाहाम्फे, कृतिमान मादेन, अशिम पालुङवा, चन्द्र मादेन, हर्क तुम्बाहाम्फे छन् ।
ताप्लेजुङको जिल्ला भेलामा नेताहरू डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ, भक्त खेवाङ, अशिम पालुङवा, चन्द्र मादेन, मा. राजकुमार नाल्बो, एलबी पालुङवा, बिराज आङदेम्बे, कृतिमान मादेन, इन्दिरा धौराली, भरत गुरुङ, मोति पालुङवा आदिको उपस्थिति रहेकोे थियो । कार्यक्रममा फागुन १० गते नो केबलकार संघर्षको क्रममा राज्यले निर्मम र अमानवीय दमन गरेकाे थियोे । जसलाई “फुङलिङ काण्ड” भनियो । सो क्रममा जबर्जस्ती बिनाकसुर २७ दिन कस्टडीमा थुनिएका १८ जना र ९ जना पक्राउपुर्जी जारी गरेर दुखकष्ट पाई महत्त्वपूर्ण योगदान दिएको भन्दै योद्धाहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा मुक्कुमलुङ संघर्षका क्रममा घाइते योद्धाहरु अशिम पालुङवा, चन्द्र मादेन, धर्मान पालुङवा, हरि येङदेन, सम्मर येङदेनलाई “ताप्लेजुङ युके समाज” ले विशेष आर्थिक सहयोग प्रदान गर्नु भएको थियो । फुरुम्बो पालुङ्वा बंश प्रतिस्ठान र पहिचानवादी मोर्चा ताप्लेजुङ काठमाडौं सम्पर्क समितिले घाइतेहरु लाई आर्थिक सहयोग गरेको थियो ।
संयुक्त पहिचानवादी मोर्चाको १६ सदस्यीय संयुक्त पहिचानवादी युवा मोर्चा ताप्लेजुङ जिल्ला समिति गठन भएको छ । माेर्चा संयोजकमा बिरेन तबेबुङ, सहसंयोजकमा जनम इधिङगो र सदस्यहरुमा सन्तोष पतङवा, लक्ष्मी केदेम (मुक्कुमलुङ), सुमन लिम्बू, धर्मान पालुङवा, सुर्य गुरुङ, प्रकाश तबेबुङ, नवीन फुरुम्बो, जगत फुरुम्बो, सरगम शेर्पा, लीला पालुङवा, समर येङदेन, मनकुमार मादेन, तेज मादेन छन् ।
पान्थर संयाेजकमा कुरुम्वाङ

पान्थरमा भएको जिल्ला भेलाले ९६ सदस्यीय संयुक्त पहिचानवादी मोर्चा पान्थर जिल्ला संयोजन समिति गठन गरेको छ । माेर्चाकाे जिल्ला संयोजकमा भाषाविद् दिलेन्द्र कुरुम्बाङ छन् । सहसंयोजकहरूमा इच्छबहादुर चेम्जोङ, देबेन्द्र आङदेम्बे, नरेन्द्र कुरुम्बाङ, सिंहराज नेम्बाङ, भावना इङवा, सजिव योङया, राजेन्द्र सिगु, सदस्यसचिवमा सुन्दर लाओती “काङसोरे”, सहसचिवमा नबिना राई, सनम तुम्बापो, आर्थिक विभाग प्रमुखमा विश्व तुम्बापो छन् । सदस्यहरुमा शोभा नेम्बाङ, दलप्रसाद योङया, मकरसिंह तुम्बापो, नुन्तवीर खपाङगी, मनिता तामाङ, कुबेर तुम्बापो, राम तुम्बापो, चन्द्रबहादुर खपाङगी मगर, राकेश तुम्बापो, काजिमान माबो, मेघबहादुर बेघा, रविन्द्र सेन्चुरी, पदम तुम्बापो, खड्क फियाक, भुपेन्द्र केरुङ, सिताराम सेन्चुरी, राम बहादुर कुरुम्बाङ, विमला चेम्जोङ, यामबहादुर कुरुम्बाङ, इन्द्रमान केरुङ, कमल योङया, डिल्लीविक्रम आङदेम्बे, नरबहादुर राई छन् ।
अन्य सदस्यहरूमा छविलाल कुरुम्बाङ, उत्तरमान कुरुम्बाङ, सालाहाङ कुरुम्बाङ, हेम कुरुम्बाङ, दलमान कुरुम्बाङ, धनसिंह आङ्देम्बे, धनराज पालुङवा, श्री सेलीङ, रोशन लावती, मणिराज कुरुम्बाङ, सेसेहाङ लावती, नरेन्द्र आङदेम्बे, अमृता माङमु, सुरेन्द्र लावती, बसन्त लावती, मेहेरमान लावती, रनधोज कुरुम्बाङ, यादव कुरुम्बाङ, रत्न राई, रणबहादुर नुगो, गगन थोक्लिहाङ, लराङ लावती, मित्रकुमारी बर्देवा, सोझे राई, बलिराज चेम्जोङ, सीता तामाङ, ज्ञानबहादुर आङदेम्बे, रमेश आङदेम्बे, गंगा पापो लावती, टेकबहादुर लावती, मौसम कुरुम्बाङ, थर्कमान लावती, सन्तोष राई, प्रकाश तुम्रोक, देशकुमार लावती, भुपाल योङहाङ, सुर्य योङहाङ, दिलन सेलीङ, होम नुगो, यबन बेघा, धिरेन नुगो, विवस योङया, उदय नुगो, दिलबहादुर योङया, देउकुमार योङहाङ, मिलन चेम्जोङ, सेमिक लावती, सुर्यदिप सम्बाहाम्फे, विर्ख सम्बाहाम्फे, पदम दुखी सम्बाहाम्फे, रुजा राई, हरि आङदेम्बे, सुमित आङदेम्बे, पुस्पराज आङदेम्बे, सुरेन्द्र पालुङवा, कमला नेम्बाङ, राजेन्द्र माबो, देउमान सेलीङ छन् ।
त्यस्तै, सल्लाहकारहरूमा हेमबहादुर योङया, अर्जुन स्याङबो, अग्नि तुम्बापो, भगिराज चेम्जोङ, पुर्ण लावती, इन्दिरा धौराली, तेजबहादुर लोवा, अर्जुन फागो, छवि लावती छन् ।
इलाममा याेङहाङकाे संयाेजकत्वमा ७७ सदस्यीय समिति
ईलाममा भएको जिल्ला भेलाले ७७ सदस्यीय संयुक्त पहिचानवादी मोर्चा, ईलाम जिल्ला संयोजन समिति गठन भएको छ । संयोजकमा सन्तराम योङ्हाङ, सहसंयोजकहरूमा दोर्जे मोक्तान तामाङ, शेरबहादुर लोक्ताम, तिलरुपा सबेनहाङ, रमेश नेम्बाङ, नरेन्द्र राई, सन्जिता पन्धाक, फुलमाया काफ्ले तामाङ छन् । सदस्यसचिवमा अमृत तामाङ, सहसचिवमा कुमार फत्र लिम्बू,रणधोज खाम्दाक छन् ।

झापामा पालुङ्वा
त्यस्तै, बिर्तामोडमा भएको झापा भेलाले एलबि पालुङ्वाको संयोजकत्वमा ८१ सदस्यीय संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला संयोजन समिति गठन गरेको छ । संयुक्त पहिचानवादी मोर्चा सह-संयोजकहरूमा भावनी विक्रम सेलिङ, दिनेश किराती माबो, हरि चौधरी, निरबहादुर राई, काली बहादुर खेबाङ, गंगा दुलाल, संगम खनाल, चूडाकर्ण बेघा, थिरबहादुर खबास, सदस्य सचिवमा प्रमेश थापा मगर छन् ।

सदस्यहरूमा पुष्पा बोखिम, चन्द्र मगर, चन्द्र साँवा, गौरव लिम्बु, बबिन आङदेम्बे, सहम महम्मद, सन्तोष कुमार नियोङ, लोक बहादुर माझी, जित बहादुर राई, वर्त राजवंशी, प्रेम साँवा, शान्ता लिम्बु, देउमान साम्यु, रामचन्द्र राई, सन्तोष साँवा, जुनीसा लिम्बु, सर्ण लोवा, मन कुमार लिम्बु, भिमा साँवा, अमृता इधिङ्गो, सुनिता तामाङ सुहाङ, शुक्रराज थेबे, दिलेन्द्र लिम्बु, किरन माङमु लिम्बु, लक्ष्मण राई, जगतजंग आङदेम्बे, नरमाया लिम्बु राई, शुकबहादुर लिम्बु, दिलिप नेम्बाङ, भुपाल राना, भरत थापा, खड्ग चेम्जोङ, तेज बहादुर योङहाङ, बुद्धिराज इम्बुङ, मकरध्वज येक्तेन, सुरेश माझी छन् ।
त्यसैगरी, मन बहादुर थापा, देवी कुमार शेर्मा, देव योङ्या, विष्णु कुमार राजवंशी, सन्तोष लिम्बु, सेकेन्द्र राजवंशी, पामुलाल राजवंशी, बैशागु राजवंशी, डगमाया थापा, केदार घले, पदम लिम्बु, पार्वता माङमु, मनकुमारी राई, निर्मला चेम्जोङ, नामधिन ताप्मादेन, अनिल लिवाङ, मोगन राई, टिका लावती, सरिता बराल, सर्मिला तामाङ, टिकामाया याख्खा, पुर्णिमा लिम्बु, सानोहाङ राई, गंगु देवान, बिक्रम पन्धाक, बिर बहादुर पन्धाक, सन्देश लिम्बु, सन्देश लिम्बु, अजय राई, पुस्कर सुब्बा, दिपेन राई, राजकुमार योङहाङ, रन्जितमान राई छन् ।
सल्लाहकारहरूमा अग्निमाया मेचे, भरत श्रेष्ठ, खबिन थेवे, डा. रत्न थामसुहाङ, अविरमान मुखिया, हिमालय प्रसाद कन्दङवा, भिममाया नेम्बाङ कन्दङ्वा, रुपनारायण अधिकारी, पदम चोङबाङ, हेमराज तुम्बापो, डिकराम फागो, रंगबिर राई, शर्मिला आङदेम्बे छन् ।
माेरङमा पूर्व सभासद नाल्वाे
मोरङ बेलबारीमा भएको भेलाले पहिलो संविधानसभाका सभासद् राजकुमार नाल्वोको संयोजकत्वमा ४७ सदस्यीय संयुक्त पहिचानवादी मोर्चा गठन गरेको छ ।

मोरङको जिल्ला भेलामा नेताहरू डकेन्द्रसिंह थेगिम, केपि पालुङ्वा, ज्ञानबहादुर गुरुङ, रामभक्त कुरुम्बाङ, अशोक चेम्जोङ, बिष्णु थाङदेन, केदार धिमाल, एलबी पालुङ्वा, बांगाई धिमाल, बिराज आङदेम्बे, सुनिता थक्सु, राखी नेवाहाङ, भविराज तुम्सा, अजित धिमाल, आवाज लेक्वा, इन्दिरा धौराली, डिल्ली लिङ्दम, कुमार बोखिम आदिको उपस्थिति रहेकोे थियो ।
माेरङ सहसंयोजकहरुमा डीबी कुरुम्बाङ, केशव अधिकारी, सुजन लिम्बु, छत्रबहादुर जबेगु, सदस्य सचिवमा अजितकुमार धिमाल छन् । सदस्यहरूमा मदन मादेम्बा, रवि मादेन, जीवन राई, बिजु सुब्बा, विजय धिमाल, पदम तामाङ, माधव राजवंशी, बलराम ऋषिदेव, पुर्ण पयाङगु, सेमिमा तुम्बाहाम्फे, सुनिता थक्सु, दिलकुमार लावती, राजभक्त सङमी, हाङमा बेघा, सुरेश थोप्रा, कुन्ता सुब्बा, युबराज कुरुम्बाङ, मणीकुमार पालुङ्वा, भिम सुब्बा छन् ।
अन्य सदस्यहरूमा शहरमान सम्बाहाम्फे, शुक्र थेगिम, पुरन याख्खा, राम सावदेन, डिबि साम्बा, शान्ति लावती, राधा वनेम, कान्छी चेम्जोङ, जीतकुमार लिम्बू, नीरमाया लिम्बू, दिलमाया लिम्बू, सुबास चेम्जोङ, ज्ञानेन्द्र लिम्बू, बिष्णु चेम्जोङ, पुर्ण राई, सन्तोष लिम्बू, जयकुमार लिम्बू, भिम मिभक, लोकबहादुर इवा, अभिचन्द्र पयाङगु, ज्ञानेन्द्र राई सहित ४७ सदस्यीय संयुक्त पहिचानवादी मोर्चा मोरङ जिल्ला संयोजन समिति गठन भएको छ ।
सल्लाहकारहरूमा बाङगाई धिमाल, केदार धिमाल,भविराज तुम्सा, चन्द्र लिङखिम, कुमार बोखिम, डिल्ली लिङ्दम, छत्रबहादुर साम्बा रहेका छन् ।
सुनसरीमा ६७ सदस्यकाे समिति
धरान विजयपुरमा भएको सुनसरी भेलाले देउमान लिम्बू ज्युको संयोजकत्वमा ६७ सदस्यीय संयुक्त पहिचानवादी मोर्चा गठन गरेको छ ।

सुनसरी जिल्ला संयोजन समिति सहसंयोजकहरूमा संगिता श्रेष्ठ, बुद्धिमान थाङदेन, दिपक लावती, राम लकन्द्री, सदस्य सचिवमा शिवहाङ राई, सहसचिवहरूमा दिपकला माङ्लाक लिम्बु, पुर्ण वान्तवा, दिपराज राई, सुनिता लिम्बू छन् ।
आर्थिक विभाग प्रमुखमा उषा लिम्बू सङयक सहित ६७ सदस्यीय संयुक्त पहिचानवादी मोर्चा सुनसरी जिल्ला संयोजन समिति गठन भएको छ ।
घोषणा सभामा मुन्धुमी स्थल सेमुक्तुगाेक्/मुक्कुमलुङमा केबलकार खारेजीको आन्दोलनमा राज्यबाट झुटा मुद्दा लगाई यातना दिईएका योद्दाहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा माेर्चाका दुई दर्जन बढी नेताहरूकाे उपस्थिति रहेको थियोे ।
तेह्रथुममा सेसेहाङ हुक्पा चाेङवाङ संयाेजक
तेह्रथुमको मियङ्लुङ्मा भएको संयुक्त पहिचानवादी मोर्चाको भेलाले सेसेहाङ हुक्पा चोङ्बाङ्को संयोजकत्वमा ३९ सदस्यीय तेह्रथुम जिल्ला संयोजन समिति गठन गरेको छ भने ९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
संयुक्त पहिचानवादी मोर्चा तेह्रथुम जिल्ला संयोजन समिति संयोजकमा सेसेहाङ चोङ्बाङ, सह-संयोजकहरूमा
कृष्ण कट्वाल, पार्वता तेयुङ, भिमराज कन्दङ्वा, अरुणा सुक्वाबा सिंगक, धनेन्द्र सुक्वाबा, सदस्य सचिवमा राजकुमार तेयुङ ‘तरेबा’, आर्थिक विभाग प्रमुखमा साम थाम्देन, आर्थिक विभाग उपप्रमुखमा सीता साब्रा पतङ्वा, सञ्चार विभाग प्रमुखमा रितुराज थेगुबा छन् ।
सदस्यहरूमा भिमेसन सिंगक, महेन्द्र कुमार कन्दङ्वा, बेनुराज फुदोङ, बिरु हाङस्रोङ, बालकुमार चोङबाङ, दलबहादुर सिङ्जागु, पबिता लिम्बू, फुङमा लिम्बू, पबिना लिम्बू, तुलसी पन्धाक, केशरसिंह थाम्देन, यसोदा लिम्बू, सागर लिम्बु, खड्क प्रसाद लिम्बू, वीर बहादुर सुक्वाबा, लक्ष्मी तेयुङ, कुसल लिम्बू, अनिल लिम्बू, रुद्र तामाङ, उशा लक्ष्मी तुम्बाहाम्फे, खेम बहादुर लिम्बू,तिर्ण बहादुर सेनेहाङ, मिलन पतङ्वा, हाङनारायण सिंगक, संसार सुक्वाबा, जोसन सुक्वाबा, राम इङ्नाम, लक्ष्मी कन्दङ्वा रहेका छन् ।
सल्लाहकार समितिमा लोकबहादुर सिंगक, सुबिन्द्र थेगुबा, लिला बहादुर तुम्बाहाम्फे, नारायणमान गुरुङ, विशाल कुरुम्बाङ, दिलबहादुर सोदेम्बा, राजेन्द्र श्रेङ, सागर नाथ रेग्मी, नरबहादुर सिंजागु छन् ।

हङकङमा पनि विस्तार
यसैगरी, माेर्चाले पनि प्रवास आफ्नो सङ्गठन विस्तार कार्यलाई जारी राखेको छ । गत मे ५ तारिखमा भएको भेलाले समसेर तुम्बाहाम्फेको संयाेजकत्वमा एक समिति निर्माण गरेको छ ।
पहिचानवादी मञ्च हङकङकाे सदस्य सचिवमा आइन्बा पोमु, कोषाध्यक्षमा खगेन्द्र लाओती, प्रवक्तामा हाङ्सो अरुम्हाङ र सदस्यहरूमा चन्द्रमान पाख्रिन, रविन नाल्वाे, मौसम इम्बुङ, माया कुरुम्बाङ, तिलक गुरुङ, कमानध्वज लाओती, माया राई, नवीन सुहाङ, तिलक सोमै मगर, एन्जिला शेर्पा, लोकेन थाम्सुहाङ, जगदीश आले, राममाया लिम्बु, सुरेन्द्र सम्बहाम्फे र सन्तोष राई रहेका छन् ।
त्यस्तै, सल्लाहकारहरुमा एमबी थापा मगर, रविन लिङदेन, जीवन मेयाङ्वाे, जेबी ओख्राबु, कृष्ण राज लाओती, टङ्क सम्बाहाङ्फे, भूपेन्द्र मुकुम चेम्जोङ, मदन जवेगू छन् ।

तुम्बाहाङफेकाे अध्यक्षतामा बसेको पहिलो बैठकले संयुक्त पहिचानवादी मन्च हङकङको विस्तार गरेको छ । ‘मोर्चा’ शब्द प्रयोग हङकङमा बन्देज रहेकोले ‘मञ्च’ प्रयोग गरिएको संयाेजकले जनाए । बैठकले एक महिनाभित्र प्रवास समिति थप विस्तार गर्ने निर्णय गरेको छ । उक्त बैठकमा पहिचानवादी मोर्चाको सङ्घीय संयोजक प्राडा महेन्द्र लाओतीको उपस्थिति रहेको थियो ।