साहित्य सिर्जना

हङकङमा साहित्यिक साझाकाे १२५ ओैँ श्रङ्खला सम्पन्न

२९ अक्टाेबर, हङकङ । हङकङ साहित्यिक साझा श्रृङ्खलाको १२५ औं श्रृङ्खला सम्पन्न भएको छ । सिर्जना वाचन साथै हङकङ बाहिरका सर्जकहरुको दुई कृतिहरु सार्वजनिक गर्दै श्रङ्खला सम्पन्न भएको हाे ।

श्रृङ्खलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपालनिवासी कवि मिथोचको भर्खरै बजारमा आएको कविता संग्रह ‘आगोको पिदार’ र बेलायत निवासी कवि तथा लेखक टंक वनेमको ‘सुदूर विस्मृतिका बिम्बहरु’ संस्मरण संग्रह सार्वजनिक गरिएको हो ।

याउ मा तेई स्थित हिन्सको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा साझा श्रृङ्खलालाई प्राप्त दुई किताबहरु नवीन पौड्यालको ‘साहित्य सन्धान’ तथा रविन कुमार कोइराला र डा. याम प्रसाद शर्माको ‘अल्टरनेटिभ आर्ट सिफ्टिङ ट्रेन्डस इन एस्थेटिक्स’ श्रृङ्खलाका संरक्षक दाजु गुरुङले ग्रहण गरे ।

श्रृङ्खलाका सह-संयोजक कवि अरुणा शर्माद्वारा संचालन गरिएको उक्त कार्यक्रममा उपस्थित कवि तथा साहित्यकारहरु जानु काम्बाङ, बेल बहादुर थापा, लोकप्रसाद दाहाल, पूर्णिमा जी शाह, सुनिता गिरी, टि.बि याख्खा, विशु सम, मोहन फगामी, डोम राना, सुनिस्का याख्खा, लिला निरौला, अरुणा शर्मा, रोशन यक्सो, रमण गुरुङ लगायतले आफ्ना सिर्जना वाचन गरेका थिए भने संरक्षक दाजु गुरुङले सार्वजनिक भएका कृति तथा वाचन भएका रचनाबारे टिप्पणी राखेका थिए ।

हङकङ साहित्यिक साझा श्रृङ्खलाले विगत १२ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार नियमित श्रृङ्खला आयोजना गर्दै आएको छ भने वार्षिकोत्सवको अवसरमा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button