प्रवाससाहित्य सिर्जना

विश्व नेपाली साहित्य महासंघको नयाँ नेतृत्व चयन, अध्यक्षमा डा. काफ्ले निर्वाचित

काठमाडौं, । १३ जुलाई २०२५ । विश्व नेपाली साहित्य महासंघको केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयन भएको छ ।

आदिकवी भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तिको अवसरमा आयोजित कार्यक्रममा नयाँ समितिको घोषणा भएको हो । निर्वाचन मण्डलका संयोजक प्रोफेसर भिम खतिवडाले नयाँ नेतृत्वको नामावली वाचन गर्नुभएको थियो । निर्वाचन मण्डल सदस्यमा डा. मधु माधुर्य र विश्वास दीप तिगेला रहेका थिए । डा. माधुर्यले सबैलाई सफथ खुवाएका थिए ।

अध्यक्षमा – डा. लेखनाथ काफ्ले (ताइवान), वरिष्ठ उपाध्यक्षमा– डेन्जोम साम्पाङ (अमेरिका), उपाध्यक्षहरुमा – गोविन्द गौतम (रसिया), विजय हितान (बेलायत), सुनिता राई कन्दङ्वा (काठमाडौँ), डा. मनमुर्ती भुर्तेल (रसिया), महासचिव– देविका मंग्राती राई (खर्साङ भारत), संगठनसचिव– कल्पना पौडेल जिज्ञासु (नेपालगञ्ज), कोषाध्यक्ष– भीम बिरही राई (धरान) र सदस्यहरू क्रमशः ऋृषीराम सापकोटा (नेपालगञ्ज), कपिल अधिकारी (ताइवान), केबी पौडेल (जापान), कविता राई (भोजपुर), कृष्णप्रसाद गौतम (इटहरी), देवीबहादुर इङ्नाम (जापान), नवराज न्यौपाने (नेदरल्याण्ड), मणिराज सिंह (काठमाडौँ), मोहनराज खनाल (बर्मा), रीतादेवी प्रधान (अमेरिका), लेकप्रसाद प्याकुरेल (लुम्बिनी) चयन भएका हुन ।

त्यस्तैगरि सल्लाहकारमा क्रमशः डा. मधु माधुर्य (अमेरिका), विश्वास दीप तिगेला (युके), सुरेन्द्र लिम्बू परदेशी (भारत), प्रा.डा. भीम खतिवडा (धरान), प्रा.डा. दिवाकर प्रधान (भारत), डा. घनश्याम परिश्रमी (नवलपुर), नवराज पोख्रेल (रोमानिया), शरद प्रधान (काठमाडौँ), हिक्मत थापा (नाइजेरिया) चयन गरेका छन् ।

कार्यक्रमको शुरुवातमा साहित्य महासंघको नियमित मुखपत्र साहित्य संसार पत्रिकाको नयाँ अंक विमोचन गरियो । त्यस्तै गरि यस बर्षको उत्कृष्ट स्रष्टा सदस्य कपिल अधिकारी घोषित भए, उनी ताईवानमा रही लामो समय देखि नेपाली साहित्यमा योगदान गर्दै आएका छन । सन् २०१० मा स्थापित विश्व नेपाली साहित्य महासंघको स्थापना भएको थियो । हाल यस महासंघको विश्वभर ३ दर्जन भन्दा बढि शाखा गठन भई अस्तित्वमा रहेका छन् ।

Related Articles

Back to top button