सेहाे?नाम्लाङ साँस्कृतिक पर्यटन महाेत्सव सुरु

६ अप्रिल, सेहाे?नाम्लाङ (पान्थर) । याक्थुङ मुन्धुममा वर्णन भएको स्थल सेहाे?नाम्लाङलाई प्रबर्द्धन गर्ने हिसाबले ‘सेहाे?नाम्लाङ साँस्कृतिक पर्यटन महाेत्सव २०८१‘ सुरु भएको छ । दक्षिणी पान्थरकाे फाल्गुनन्द गापा र मिक्लाजुङ गापाकाे सङ्गम स्थलका रूपमा रहेको सेहाे?नाम्लाङकाे प्रचारप्रसार गर्न महाेत्सव आयोजना भएको हाे ।
प्रदेश एकका पूर्वअर्थमन्त्री तथा सांसद इन्द्र आङ्वाे ‘माैसम’काे प्रमुख आतिथ्यमा आइतबारदेखि सुरु भएको महाेत्सवकाे पहिलो दिन वडास्तरीय नकआउट भलिबल प्रतियोगिता प्रारम्भ भएको छ । त्यस्तै, महाेत्सवमा के:लाङ (च्याब्रुङ नाच) प्रतियोगिता, या?लाङ (धान नाच) प्रतियोगिता र नृत्य प्रतियोगिता समेत आयोजना गरिने आयोजक समितिका निश्चल चेम्जोङले जनाए ।

सेहाे?नाम्लाङ साँस्कृतिक तथा पर्यटन संस्थाले आयोजना गरेको महाेत्सवमा फाल्गुनन्द गापा उपाध्यक्ष ठाकुरसिं नेम्वाङ र मिक्लाजुङ गापा उपाध्यक्ष सन्ताेष शेर्मा विशिष्ट अतिथि थिए । त्यस्तै, अतिथिहरूमा फाल्गुनन्द गापा- ५ का वडा अध्यक्ष विष्णु कुमार चेम्जोङ र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू थिए ।
सेहो?नाम्लाङ सांस्कृतिक पर्यटन संस्था (फाकुमि)का अध्यक्ष डी एम आङ्देम्बेकाे सभाध्यक्षमा भएको महाेत्सवकाे उद्घाटन सत्रकाे सञ्चालन कैलाश शेर्माले गरेका थिए । उक्त अवसरमा प्रमुख अतिथि आङ्वाेले खा?उमा मुन्धुम, युम्सा चोक्मा नामक कृतिहरूकाे समेत विमाेचन गरेका थिए ।