आदिवासी

कालेबुङमा मष्टको जाँत सम्पन्न

मुख्यमन्त्री प्रेमसिंह गोलेले खस जातिका कुनै पर्व छैनन् भन्ने अभिब्यक्तिको प्रतिबाद

दार्जिलिङ/ १५ मार्च २०२५ । श्व मष्टधर्म महासंघ भारतको आयोजनामा फाल्गुन पुर्णिमाका दिन कालेबुङको डेलो पेरिसरमा मष्टको पूजा तथा लुगो ठड्याउने जाँत सम्पन्न भएकोछ |

मष्ट परम्परामा मष्टको पूजा, मष्टको पैठ, मष्टको जाँतको ठुलो महत्व रहेकोछ | मष्टको जाँत प्राय पुर्णिमाको दिन गर्ने चलन अनुसार दार्जिलिङको कालेबुङमा आयोजना गरिएको विश्व मष्टधर्म महासंघका सचिव टेकबहादुर थापाले बताउनु भएकोछ |

बाजागाँजासहित धामी काप्दै नेजा, ध्वजा सहित लुगोमा पर्गालो हालेर बिभिन्न फागहरु गाउदै पूजा स्थलमा पुगेको जाँतले मष्ट पूजा सम्पन्नगरी त्यस ठाउमा मष्टको लुगो हाल्ने काम भएको थियो |उक्त पूजामा दार्हेमष्ट र दुधेमष्टको एकसाथ परम्परागत बिधीबाट पूजासम्पन्न भएकोथियो |

मष्ट परम्पराको पूजा विधी अनुसार मष्टलाई आव्हान गर्ने, मष्टलाई माण्डुमा राजगराउने र मष्टलाई सगुन दिने काम मष्टको पूजामा गरिन्छ | मष्टको जाँत वर्षमा एक पटक आयोजना गरिने परम्परा रहिआएको छ| मष्टको जाँत नेपालको सुदुर पश्चिम क्षेत्रमा मुख्य गरी मनाउने गरिन्छ, खस संस्कृतिको पर्बको रुपमा मष्टको जाँतलाई हेरिन्छ भने मष्टको लुगो हाल्ने संस्कृति मष्टपरम्पराको महत्वपूर्ण पर्व हो |

धामी विधीबाट शुसम्पन्न भएको उक्त जाँत पर्वमा मष्टका धामी एबम धर्मगुरु अरुण छेत्रीले पुषे औशी अर्थत पुष १५ लाई खस दिवसका रुपमा मनाउन सम्पूर्ण खसहरुलाई आव्हान गर्नु भएको थियो, पुषे औशी खसहरुका प्रमुख पर्वहरु शुरु हुने दिन हो उक्त दिनबाट ठुली भैली, भुओ पर्ब, चेलतिहार, भाई पिठायो, पूषेति जाँत जस्ता खस पर्वहरु शुरु हुने दिन भएकाले उक्त्त दिनलाई खस दिवसका रुपमा मनाउन उचित हुने धारणा धामीले राख्नु भएको थियो |

हालै सिक्किमका मुख्य मन्त्री प्रेमसिंह गोलेले सिक्किममा भएको एक कार्यक्रममा खसहरुका कुनै पनि सास्कृतिक पर्वहरु नभएको भनि दिएको अबिब्यक्ती प्रति पनि मष्टका धामी अरुण छेत्रीले खेद ब्यक्त गर्नु भएको थियो ‘खसहरुका दर्जन भन्दा बढी मौलिक पर्वहरु छन नेपाली समाजमा भैलो खेल्ने परम्परा पनि खसहरुकै नासो हो, मंसिरे पुर्णेका दिन एकदिन र पुषे औशीबाट पन्ध्रदिन खेलिने भैलो नै अहिले तिहारमा खेलिन्छ, पुषे औशीबाट खेलिने भुओ पर्ब पनि खसको हो तर यती धेरै खसका पर्वहरु हुँदाहुँदै मुख्यमन्त्री प्रेमसिंह गोलेले खस जातिका कुनै पर्व छैनन् भनि दिएको अभिब्यक्ति प्रति म प्रतिबाद गर्दछु, धामिले भनेका थिए |’


गत फ्रेब्रुवरी २६ कादिन सिक्किममा भएको खसहरुको एक कार्यक्रममा मुख्य मन्त्री प्रेमसिंह गोलेले दिएको उक्त अबिब्यक्तीलाई लिएर अहिले सिक्किमका खसहरुमा पनि असन्तुष्टि पैदा भएकोछ उनिहरुले मुख्य मन्त्रीलाई सो अबिब्यक्ती सच्याउन आग्रह गरेकाछन |

Related Articles

Back to top button