युके विशेषसाहित्य सिर्जना

साहित्य महासंघ युके साउथ शाखाको चौथो अधिवेशन सम्पन्न थुलुङ अध्यक्ष निर्वाचित

केन्ट,
गत १९ सेप्टेम्बर २०२४ का दिन युकेको आसफोर्डमा विश्व नेपाली साहित्य महासंघ युके साउथ शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ ।

आसफोर्ड टाउनको भेराईटी सपको सभाहलमा सम्पन्न अधिवेशनले स्रष्टा सर्वधन राईलाई अध्यक्षमा चयन गरयो । उपाध्यक्षमा अमित थेवे मिहाङ, सचिव लाहाङ चेम्जोङ, सहसचिव ज्ञानु फूरुम्बो चरपे, कोषाध्यक्ष टिमाया गुरुङराई, सदस्यहरु क्रमशः प्रकाश एडि चोङवाङ, गणेश इजम, क्या. तारा पुन, मिन राना, छत्र वनेम, कृष गुरुङ, किरण चाम्लिङ, नरेश बिक्रम नेम्बाङ, सुवास राई, दिल पालुङ्वा, याम गुरुङ, करिष्मा घम र शैलेश मानव चयन भएका छन् ।

त्यस्तैगरि सल्लाहकारमा क्रमशः विजय हितान, गणेश पुन, थीर थापा, औतारी साईला, घन बहादुर थापा, दिपा लिम्बुराई, सुनिल संगम र विश्वास दीप तिगेला चयन भएका छन् ।

पहिलो शत्रमा कविता एवं सिर्जना वाचन र संगठनको गतिविधीहरुको समिक्षा लगतै कार्यबाहक अध्यक्ष सर्वधन राईले नयाँ नेतृत्व चयनको निमित्त ३ सदसिय निर्वाचन मण्डलको घोषणा गर्दै कार्यसमिति विघटन भएको घोषणा गरेका थिए ।

निर्वाचन संयोजक विश्वास दीप तिगेला, निर्वाचन सदस्यद्धय विजय हितान र गणेश पुनले नयाँ नेतृत्वको निमित्त प्रकृयालाई अगाडी बढाए । उपस्थित स्रष्टाहरुले सर्वसम्मतिमा नयाँ नेतृत्व घोषणा सम्पन्न भयो ।

नयाँ नेतृत्व चयन लगतै यहि सेप्टेम्बर २६ र २७ मा काठमाडौांमा सम्पन्न हुन गईरहेको विश्व साहित्य सम्मेलनमा प्रतिनीधि पठाउने र आर्थिक सहयोग समेत पठाउने निर्णय गरयो ।

कविहरुः गणेश इजम, लाहाङ चेम्जोङ, ज्ञानु फूरुम्बो चरपे, बिजय हितान, गणेश पुन, प्रकाश एडि चोङवाङ, थीर थापा, विश्वास दीप तिगेला, सर्वधन थुलुङ लगायतले आआफ्नो सिर्जना वाचन गरेका थिए ।

Related Articles

Back to top button