युके विशेष

स्याङ्जा समाज युकेको वार्षिक भेट्घाट सम्पन्न

लन्डन । जुन महिनाको १ तारिख २०२४ शनिबार स्याङ्जा समाज युकेको वार्षिक भेट्घाट् कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली राज्दुतावासबाट द्वितीय सचिब राम बाबु नेपालको प्रमुख आतिथ्य रहेको थियो ।

स्याङ्जा जिल्ला बासीलाइ शैक्षिक, आर्थिक र स्वास्थ्य सेवामा दिगो बिकास र नेपाल अधिराज्यको बिकासमै टेवा पुर्याउन र बेलायतमा बसोबास गर्नु हुने स्याङ्जा बासी सबैलाई एकापसमा परिचय एकत्रित गराउने उद्देश्यले सन् २०२० मा स्याङ्जा समाज युके स्थापना भएको हो। बेलायतमा अन्य जिल्ला भन्दा ढिलो स्थापना भए पनि स्थापना भए देखिनै द्रुत गतिमा महत्वपूर्ण र उदाहरणीय कामहरु पूरा गरिसकेको छ। कोभिड 19 को अापतकालिन अवस्थामा अक्सिजन सिलिन्डरहरु उपलब्ध गरेको थियो भने च्यारिटी कार्यक्रम राखि सङ्कलित रकमले स्याङ्जा जिल्लामा आँखा सिविर र मोतिया बिन्दु लागेकालाइ सहयोग गरिसकेको छ।

जुन १ शनिबारको कार्यक्रममा स्याङ्जा समाज युकेका अध्यक्ष भरत गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास लन्डनका द्वितीय सचिब राम बाबु नेपाल, विशेष अतिथि सांसद लिओ दोकर्थी( अल्डर्शट फार्नबोरोको) एन आर एन ए युकेका अनिल मल्ल, जापान स्याङ्जा समाजका उपाध्यक्ष मनोज अधिकारी,बृटिस गोर्खाका ले.कर्नेल टोल खाम्चा,आइसिसी उपाध्यक्ष थर्क सेन, संरक्षक मेजर रिटायर्ड कुमार गुरुङ, बरिस्ठ सल्लाहकार डेविड्( दिपक) गुरुङ, सस्थापक अध्यक्ष सारदा गुरुङ र अतिथिमा विभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

औपचारिक कार्यक्रमको अन्त्यमा सहयोग गर्ने कार्य समिति, महिला अध्यक्ष र टिम, खानपानमा सहयोग, डिजेमा सहयोग, प्रायोजकहरु लगायत उपस्थित सबैलाई मुरी मुरी धन्यवाद दिई पहिलो चरणको समापन गरेका थिए।

कार्यक्रममा संस्थाका महासचिव रामराज शर्माले सन्चालन गरेका थिए भने उपाध्यक्ष रुपा गुरुङ्ले स्वागत मन्तव्य दिएकी थिइन। संस्थाका उपाध्यक्ष भक्त दर्जीले कलाकार आवातजावात व्यवस्थापनमा सहयोग गरेका थिए ।
कार्यक्रममा यस बर्ष नयाँ आजीवन सदस्य लिएका, विभिन्न संघ सस्थाको अध्यक्षमा निर्वाचित भएका र विशेष योगदान पुर्याउनु हुने महानुभावलाइ फेटा तथा दोसल्ला ओढाइ सम्मान गरेका थिए।

सांस्कृतिक कार्यक्रम सञ्चालन जुनुले गरेका थिए । नेपालबाट आउनु भएका कलाकारहरु रुपक डोटेल ( पहिलो नेपाल ताराका सेकेन्ड रनर अप), मनमाया वाइवा र सबिता परियारको विभिन्न प्रस्तुतिले कार्यक्रमको अन्त्य सम्म अत्यन्तै रमाइलो माहोलमा धमाका मच्याएका थिए ।

Related Articles

Leave a Reply

Back to top button