लिम्बुवान (संलोराम) परित्यागः राष्ट्रिय पहिचान परिषदको स्थापना

लण्डन,
गत ६ जुलाई २०२४ का दिन युकेमा रहने संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चलाई विधि र विधान सम्मत चलाउनुपर्ने माग गर्दै आएकाहरुले कुमार लिङदेन नेतृतव्को लिम्बुवान पार्टी सामुहिक परित्याग गरि राष्ट्रिय पहिचान परिषद घोषणा गरेका छन ।
लण्डनको फेल्थामको एक कलेजमा एक कार्यक्रम गरि उनीहरु परित्याग गर्दै, नयाँ स्वायत्त परिषद (मोर्चा) घोषणा गरेका हुन ।
राष्ट्रिय पहिचान परिषदको अध्यक्षमा देबीबहादुर तुम्बाहाम्फे, उपाध्यक्षहरुमा क्रमशः रुपमान कुरुम्बाङ, यदुचन्द्र लावती, कुलदीप राई, कृष्ण प्रसाद लिडदेन, जगत सुहाङ, तेज प्रकास लावती, खडगजंग आङबोहाँङ, रुद्र प्रसाद श्रेष्ठ, हर्कजङ कुरुम्बाङ, राम कुमार पोमु, चन्द्रकला आवजुङ रहेका छन भने महासचिवमा लालबहादुर लिङदेन, उपमहासचिवमा दिपक तुम्बापो, सचिवहरुमा क्रमशः तिलविक्रम तावा, दिल बहादुर तुम्वाहाम्फे, शेर बहादुर इङनाम, दल योङ्या, किसोर तिलिङ चोङवाङ, धनबहादुर माबो, कोषाध्यक्षमा थानकुमान लाल्बो, सहकोषाध्यक्षमा दुर्गा खापुङ लगायत ४५ जना केन्द्रीय सदस्य घोषणा गरेका छन ।

त्यस्तैगरि सचिवालय सदस्यहरुमा टंक खापुङ, राम इजम, चुडामणि तुम्बाहाम्फे, नरबहादुर कुरुम्बाङ, चन्द्र बहादुर लिङदेन, र कृष्ण कुमार कुरुम्बाङ चयन गरेका छन ।
पहिलो चरणको कार्यक्रमको अध्यक्षता संघिय लिम्बुवान सामाजिक मन्चका अध्यक्ष टंक खापुङले र दोस्रो चरणको सभाका सभापति संलोसाम बरिष्ठ सल्लाहकार चुडामणि तुम्बाहाम्फेले गरेका थिए, कार्यक्रमको संचालन महासचिव राम इजम र उपमहासचिव लाल बहादुर लिंगदेनले संचालन गरेका थिए ।
सचिवालय सदस्य राम इजमका अनुसार केन्द्रीय समितिका ९५ र शाखाहरु समेत गरि जम्मा १५० भन्दा बढिले लिम्बुवान परित्याग गरे ।

गतबर्ष नागरिक उन्मुक्तिसँग एकता हुनुपर्छ भन्ने नेपालका एकखेमा २०८० बैशाक १८ गते उन्मुक्ति पार्टीसँग एकता भई गए, त्यसैबेला उन्मुक्तिसँग एकतामा नगई पार्टी भित्रै नेतृत्वसँग अन्तरसघर्ष गर्ने अडानमा रहेकाहरुलाई नागरिक उन्मुक्तिमै गईसकेको जस्तो अफवाह फैलाएको कारण असन्तुष्ट रहेको ठूलो समुहले पार्टी परित्याग गरेका हुन ।
युकेमा रहेका लिम्बुवान पार्टीका नेता तथा कार्यकताहरु लगभग ९० प्रतिशतले पार्टी परित्याग गरेको जनाएका छन । नेतृत्वसँग असन्तुष्टिको कारण पार्टी परित्याग गर्न परेको भएपनि लिम्बुवान पूर्नस्थापनाको मुद्धामा चट्टान झै अटल रहने र पहिचान पक्षधरलाई साथ र सहयोग गर्ने मन्चका तत्कालिन केन्द्रीय उपाध्यक्ष समेत रहेका टंक खापुङले बताए ।
केही दिन अघि संलोराम का केन्द्रीय अध्यक्ष कुमार लिंगदेनले एक प्रेस विज्ञप्ति निकाली पार्टीको झण्डा र लोगो दुरुपयोग नगर्नु भनी चेतावनी दिएका थिए ।
स्मरण रहोस, नेता कुमार लिङदेनले नेतृत्व गरेको संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च (राजनैतिक पार्टी) अन्तर्गत संघीय लिम्बुवान प्रान्तिय परिषद, खसान प्रान्तिय परिषद, ताम्सालिङ प्रान्तिय परिषद लगायत ११ प्रान्तिय परिषदहरु रहेका छन भने युकेमा साबिक नाममा राजनैतिक पार्टी संचालन गर्न अबैधानिक हुनेभएकोले संघीय लिम्बुवान प्रान्तिय परिषदले युकेको हकमा सामाजिक तोकतान्त्रिक मंच नामबाट गतिविधिहरु गर्दै आएका छन ।




