समाचार

सिलगढी बुद्धिस्ट एसोसिएसनको नयाँ कमिटी गठन

सिलगढी, २२ जून । सिलगढी बुद्धिस्ट एसोसिएसनको नयाँ कमिटी गठन भएको छ। गुरुङ बस्तीमा अवस्थित डोह ङाग छोइ खोर्लिङ गुम्बामा आज एसोसिएसनको महत्त्वपूर्ण सभा सम्पन्न भएको थियो ।

अध्यक्ष डीबी योञ्जनको अध्यक्षतामा सम्पन्न भएको आजको सभाले वर्ष २०२४-२७ सम्मको लागि नयाँ समिति गठन गरिएको छ। तीन वर्षको कार्यकालको लागि आज चयन गरिएको नयाँ समितिको अध्यक्ष पदमा डीबी योञ्जनलाई नै चयन गरिएको छ भने उपाध्यक्षको पदमा विष्णु लामा, कृष्ण लामा(पेम्बा) अनि महेन्द्र कुमार लामालाई चयन गरिएको छ । बैठकले सचिवको पदमा फुर्बाछिरिङ योञ्जनलाई चयन गरिएको छ भने सहसचिवको पदभर पृथ्वीराज ग्यावकलाई सुम्पिएको छ।

सहायक सचिवको पदमा किशोर कुमार लामालाई चयन गरिएको छ। बैठकले कैलाश शेर्पालाई कोषाध्यक्षको पदमा चयन गरिएको छ भने सह कोषाध्यक्षमा जितेन लामालाई चयन गरिएको छ । समितिको अडिटरको पदमा पासाङ शेर्पा रहेका छन् । गठन भएको एसोसिएसनको नयाँ कमिटीले आगामी तीन वर्षसम्म गुम्बाको देखरेख र विकासमा काम गर्ने अध्यक्ष डीबी योञ्जनले जनाएका छन् । आजको बैठकले ४३ जनाको कार्यकारिणी समिति पनि गठन गरेको अध्यक्ष योञ्जनले जनाए । उनले भने – ‘आजको बैठकले फेरि पनि मेरो काँधमा अध्यक्षको जिम्मेवारी थपिदियो, बैठकको यो निर्णयलाई म सहर्ष स्वीकार गर्दछु। हुन त यतिका वर्षसम्म अध्यक्ष पदमा रहे बापत, यस पदमा कोही नयाँ व्यक्ति हुनु पर्छ, भन्ने मलाई लागेको थियो । किन कि लामो समयसम्म एउटै व्यक्ति एउटै पदमा बसिरहनु युक्ति सङ्गत हुँदैन भन्ने मेरो विचार छ। तर आइपरेको जिम्मेवारी देखि भाग्नु पनि म सक्दिनँ । त्यसैले विगतको अनुभवहरूबाट शिक्षा लिँदै, नयाँ समितिको सल्लाह सुझाव अनुसार सिलगढी बुद्धिस्ट एसोसिएसनलाई प्रगतिको दिशामा लैजाने मेरो अठोट रहने छ ।’

Related Articles

Back to top button