स्थानीय

मुक्कुमलुङ पाथीभरामा आज दोस्रो दिन दस हजार बिरुवा रोपियो

ज्ञानु फुरुम्बो चरपे ।

ताप्लेजुङ जिल्लमा अवस्थित चर्चित मुन्धुमी धार्मिक स्थल मुक्कुमलुङ क्षेत्रमा वृक्षारोपण अभियान आज दोस्रो दिनमा दश हजार बिरुवा रोपिएको छ । पहिलो दिनमा ६ हजार बिरुवा रापिएको थियो । मुकुम्लुङ संयुक्त संर्घष समितिको आयोजना तथा अभियानमा २० हजार भन्दा बढी बिरुवाको वृक्षारोपण गर्ने लक्ष्यका साथ अभियान सुरु भएको हो ।

विहिबार गुरासका प्रजाती, धुपी, चिमल, रौट साल, चाप लगायतका विरुवा रोपिएको युबा अभियन्ता पुर्ण पालुङवा र उदय लिवाङद्वयहरुले बताएका छन । उहाँहरुकाे अनुसार ४५० जना अभियानकर्मीहरुकाे उपस्थितिमा सो बराबरको बिरुवा रोपिएको हाे ।

वृक्षारोपणका लागि आवश्यक पर्ने नर्सरी जिल्ला स्थित रहेको सामुदायिक वनमा रहेका नर्सरीर्फाम, वन कार्यालय अन्तरगत रहेका नर्सरी र्फमहरुबाट विरुवा खरिद गरेर मुक्कुमलुङ क्षेत्रमा वृक्षारोपणको अभियान थलेको केलबार निर्माण खारेजी संयुक्त संघरष समिति संहसंयाेजक डम्वर पालुङवाले बताउँनुभयो ।

उहाँले भन्नुयो“बिहिवार आज सेवा पूजा सहित वृहत्त वृक्षारोपण गर्ने अभियान सुरु गरेका छौं । आज दोस्रो दिनमा दस हजार बिरुवा राेपेका छौ । यो अभियान असार १५ गते सम्म वृक्षारोपणको अभियान सञ्चालन गर्न निर्णय गरेका छौ । सोही अनुसार अभियान निरन्तर चल्ने छ ।”

पाथीभरा देवी केबलकार प्र.लि ले । मुक्कुमलुङमा केवलकार निर्माणका लागि निर्माण पक्षले लामाे समय देखि आन्दाेलन गर्दै आएका स्थानीय सराेकारवाला अधिकारवालाहरुकाे मागलाई बेवस्ता गर्दै गत ३१ गते बिहान ३:०० बजे स्थानीय आन्दाेलनकारीलाई छलेर राष्ट्रिय फुल लालीगुरास लगायत विभिन्न रुखहरु एक हजार भन्दा माथी चाेरी दाैउ तरिकाले कटान गरेकाे थियो । उक्त कटान गरेकाे ठाउँमा बीस हजार बिरुवा मुक्कुमलुङ संयुक्त संघर्ष समितिकाे आयाेजनामा विभिन्न समाजिक संघ,संस्थाकाे पहलमा बृक्षाराेपण गरिएकाे मुक्कुमलुङ संयुक्त संघर्ष समितिका संयाेजक श्री लिमखिमले जनाएका छन

राष्ट्रिय फुल गुराँ कटान गरेको र रैथाने याक्थुङ लिम्बू समुदायहरुकाे मुन्धमी स्थल माथी ब्यापारकाे नाममा अतिक्रमण भएकाे भन्दै असन्तुष्ट पाेख्दै आएका छन ।

कटान गरिएकाे क्षेत्रहरुमा वृक्षारोपण अभियान कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघिय अध्यक्ष प्रेम येक्तेन, महासचिव निरन्ती तुम्बापाे,किरात धर्म साहित्य उत्थान संघका रामभक्त कुरुम्बाङ,मुक्कुमलुङ ताङसेप चुम्भाेका अभियन्ता राम मादेन , पहिचानवादी अभियन्ता डाक्टर महेन्द्र,लावती कुमार लिङदेन,भाषा बिद,खाेजकर्ता,लेखक दिलेन्द्र कुरुम्वाङ,युमा साम्याे महासभाका अध्यक्ष देबेन्द्र वनेम, लगायत विभिन्न समाजिक संघ,संस्थाका प्रतिनिधि सहित बुद्विजिवी तथा सामाजिक अभियन्ताहरुकाे बाक्लाे उपस्तिथिमा बृक्षाराेपण गरिएको हो ।

काठमाण्डाै,सुनसरी,माेरङ,झापा,इलाम,पान्थर,धनकुटा,तेह्रथुम
जिल्ला लगायत स्थानीय बासीहरुको सहभागीतामा मुक्कुमलुङमा बिरुवा रोप्ने काम गरिएको हो ।

उक्त आगलागीबाट नष्ट भएको बन जंगल अझै बोट बिरुवा हुर्कन सकेको छैन । त्यस क्षेत्रहरुमा समेत वृक्षारोपण गर्ने
र वृक्षारोणसंगै बिरुवा हुर्काउन तथा दिर्घकालीन संरक्षणका लागि जिम्मेवार हुने समितिले जनाएको छ ।…

Related Articles

Back to top button