समाचार

विभेद र असमानता अन्त्य नभएसम्म मुलुकको विकास हुँदैनः अध्यक्ष यादव

धनुषा, २८ जेठः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा सबै किसिमको विभेद र असमानताको अन्त्य नभएसम्म कुनै पनि क्षेत्रमा सुधार र विकास हुन नसक्ने धारणा राख्नुभएको छ ।

जनकपुरधाममा आज जसपा नेपालको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भारतमा जस्तै नेपालमा पनि वर्ग मात्र होइन वर्णअनुसार हुने शोषण र उत्पीडन विद्यमान रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुई तिहाईभन्दा बढी जनता पिछडिएका छन्, देशमा विकास कसरी हुन्छ ?’ पर्यटन, पानी, प्राकृतिक सम्पदा, उर्वर भूमिसहितका अनेकौ विकासका आधार हुँदाहुँदै पनि मुलुक विश्वमै गरिब देशको सूचीमा पनि त्यसैको एक प्रमाण हो ।”

पूर्वउपप्रधानमन्त्री यादवले नेतृत्व सुध्रिए युवाहरु रोजगारी खोज्दै विदेश जान नपर्ने र जनता आत्मनिर्भर बन्नसक्ने बताउनुभयो । अब आफूहरुले सदनमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उहाँले जनताको हक र अधिकारका सधै अग्रसर भइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा अध्यक्ष यादवले भारत, मलेसिया, स्पेनसहितका देशहरुबाट आउनुभएका समाजवादी नेता तथा चिन्तकलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गर्नुभयो ।

Related Articles

Back to top button