मनोरञ्जनसमाचार

भेलुबाजेको निधन

बुटवल :२ अप्रिल २०२४ । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक लोकप्रिय प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ।

बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको बताईएको हो ।

पप पख्नुहोस् त !, थैट टेरिका माटोक्ने!!, बिल्कुल! बिल्कुल हामीले तेसरी अनुरोध गरेको छौं । होस् पारेर कुरा गर बौलाहा,
हजुर! हजुर!! अन्त क्यारुम टौ जस्ता यस्ता जस्तै अर्गानिक कुरा गरेर सामाजिक संन्जालमा छाएका थिए । हँस्यौली ठट्यौलीमा कुरा गर्ने उनी युट्युबमा लोकप्रिय थिए।

प्यूठान नगरपालिका-५ जुम्रिकाँडा निवासी भेलुबाजे श्रीमतीको निधनपछि विक्षिप्त थिए। उनकी श्रीमतीको एक वर्षअघि उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो।

भेलुबाजेको निधनमा सामाजिक संजालमा श्रद्धान्जलीले रंगिएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button