आदिवासीसमाचार

लण्डन साउथ हृयारोमा मुक्कुमलुङ अन्तरक्रिया सम्पन्न

– सिक्कुम फुरुम्बाे ‘चरपे’
युके, गत १३ अप्रिल २०२५ गतेका दिन सेमुक्तु मुक्कुमलुङ संरक्षण सहयोग समिति युकेको आयाेजनामा बेलायतकाे साउथ हृयारो स्थित एक रेष्टुरेण्टमा विभिन्न क्षेत्रका सामाजिक बुद्विजिवी र संघ, संस्थाका प्रतिनिधीहरुको उपस्थितिमा मुक्कुमलुङमा भईरहेकाे आन्दाेलनकाे बिषयमा अन्तरक्रिया भेटघाट सम्पन्न भएको छ ।

सेमुक्तु मुक्कुमलुङ संरक्षण सहयाेग समिति बेलायतका अध्यक्ष दिल सम्वाहाङफेकाे अध्यक्षतामा तथा जसराज चेम्जाेङकाे विशेष ब्यवस्थापनमा गरिएकाे उक्त अन्तरक्रिया कार्यक्रममा ताप्लेजुङमा रहेकाे मुन्धुमि धार्मिक स्थललाई संरक्षण गर्न बिगत लामाे समय देखि हुन्दै आईरहेकाे मुक्कुमलुङ संरक्षण आन्दाेलन र नाे केवलकारकाे बारेमा छलफल गरिएकाे हो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बेलायतका अध्यक्ष बिमला सेने किरात याक्थुङ थामेन्दिङमा चुम्भाेका अध्यक्ष कमला लिम्बू लगायत अन्य शुभचिन्तक महानुभावहरुकाे उपस्थिति रहेकाे थियाे । उक्त अन्तरक्रिया छलफलमा सहभागीहरुले मुक्कुमलुङमा भईरहेकाे आन्दाेलनका बिषयमा आफ्ना विचारहरु राखेका थिए साथै आन्दाेलनलाई टेवा दिन हरेक तवरबाट सहयाेग साथ दिने प्रतिवद्वता समेत राखे । सेमुक्तु मुक्कुमलुङ सहयाेग समिति पुर्णताका लागि समिति सदस्य समेत मनाेनयन गरिएकाे थियाे ।

कार्यक्रमकाे अध्यक्षता दिल सम्बाहाङफेले गरेका थिए भने कार्यक्रम संञ्चालन सहसचिव लाहाङ चेम्जाेङले गरेका थिए ।

Related Articles

Back to top button