समाचार

श्रमजीवी वर्गको हकहीत तथा अधिकारको सुनिश्चित हुनुपर्छ: कार्यवाहक अध्यक्ष श्रेष्ठ (भिडियो सहित)

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले मुलुकको आर्थिक विकास, समृद्धि, सुशासन र सामाजिक न्यायका लागि राज्यले श्रमजीवी वर्गको हकहीत तथा अधिकारको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका छन् ।

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा समाजवादी ट्रेड युनियन महासंघले काठमाण्डौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कावा अध्यक्ष श्रेष्ठले सामाजिक सुरक्षाको प्रत्याभूति र सबै श्रमिक वर्गका लागि सेवा सुरक्षा, समान अवसर र मर्यादित जीवन र सुरक्षित भविष्यसहितको न्यायिक व्यवस्थापन गर्न तर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।

नेता श्रेष्ठले नेपालको अग्रगामी परिवर्तनको आन्दोलनमा श्रमिक मजदुरहरुको अमूल्य योगदान र वलिदनाको कदर गर्दै त्यसप्रति उच्च सम्मान प्रकट गरे ।

कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य एवं नेपाल सरकारका वन तथा वातावरण राज्यमन्त्री दीपक कार्की, पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेत, राजनीतिक समिति सदस्य तारा विश्वकर्मा, सुनिता मरिक तथा पार्टीका केन्द्रीय सदस्य प्रचण्ड पौडेल, सोनाम लामा, बिन्देश्वर यादवलगायतले सम्बोधन गरेका थिए ।

महासंघका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन महासचिव दयाराम राईले गरेका थिए ।

Related Articles

Leave a Reply

Back to top button